हैदरावादमा वाल संगठन निर्माण

0
263

हैदरावाद, २५ मार्च ।
दु:ख साथ भन्नु पर्दा, देश भित्र रोजिरोटीको जोहो गर्ने अबसर नपाउँदा हजारौं लाखौं नेपाली श्रमिकहरु सीमाना बाहिर लाग्नुपर्ने बाध्यता परम्परा जस्तै भएको छ । यसलाई न्यूनीकरण गरि स्वदेशमा नै रोजगारको व्यवस्था हुनेभए ? भन्ने आशा, आशामात्र नभएर अपरिहार्यताको आवाज बुलन्द गर्नुपर्ने आवश्यकता पनि उत्तिकै टट्कारो छ ।

यसै बीच भारतका कुना कुनामा रहेका हरेक नेपालीहरुको हक अधिकार सुनिश्चित गर्न निरन्तर संघर्षरत मूल प्रवाह अखिल भारत नेपाली एकता समाज छ । सो संगठनले भारतमा रहेका नेपाली बालबालिकाहरुलाई पनि संगठित गर्ने उदेश्यका साथ अगाडि आएको बढेको छ । नेपाल, नेपाली, भाषा, संस्कृति, आफ्नो उद्देश्यका बारेमा जानकारी गराउँदै आफ्नो राष्ट्र र राष्ट्रियताका बारेमा समेत अबगत गराउने उदेश्यका साथ अखिल भारत नेपाली वाल संगठन अन्तर्गत संगठित गर्दै आएको छ ।

यसै सिलसिलामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, उत्तर हैदराबादस्थित बालानगर औद्योगिक क्षेत्र अन्तर्गत रहेका नेपाली श्रमिकहरुका बालबालिकाहरुका बिचमा एक भेला सम्पन्न गरेको छ ।

रक्तिम बिभागकी क्षेत्रीय सदस्य मायाँ थापाको पहल तथा मूल प्रवाह क्षेत्रीय सदस्य मिना आचार्य, लिला देवी शर्मा र उत्तर नगर समितिका सदस्य मोहन लाल शर्माको उपस्थितिमा सम्पन्न भेलाले दिपक थापाको संयोजकत्वमा वाल संगठन निर्माण गरेको छ । जसमा: सोनी भुजेल, सपना नेपाली, रिता थापा, बिपना नेपाली, रेशम नेपाली, बिकास थापा, सुनिता भुजेल, गणेश नेपाली, पूजा नेपाली, राजेश थापा, सोहम आचार्य, मुना शर्मा र प्रसाद कार्की सदस्य रहेका छन् । सदस्यको एक स्थान रिक्त राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here