हैदरावादमा प्रशिक्षण कार्यक्रम सम्पन्न

0
132

हैदरावाद, ५ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य हैदराबाद नगर समितिको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

थम्मन बस्नेतको अध्यक्षता तिलक रानाको सञ्चालन र गंगा कडायतले स्वागत गर्नु भएको थियो । प्रशिक्षण कार्यक्रम अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मी द्वारा उद्घाटन गरिएको थियो । मूल प्रवाह केन्द्रीय समितिका खिम बहादुर बिकले आफ्नो बिचार प्रकट गर्नु भएको थियो ।

भैरव राज रेग्मी द्वारा उदारबादी अर्थ प्रणाली, मिश्रित अर्थ प्रणाली, समाजबादी अर्थ प्रणाली र मजदुर बुद्धिजीवी हुनु पर्ने र बुद्धिजीवी मजदुर हुनु पर्ने लगायतका बिषयमा प्रशिक्षण गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here