हैदरावादमा ‘तीजको महत्व’ विषायक वक्तित्व कला प्रतिगिता

0
343
सिकन्दरावाद, ११ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सिकन्दराबाद वि एरिया समितिको आयोजनामा २०७५ सालको हरितालिका तिजको अबसरमा परिचयात्मकका साथै वक्तित्व कला कार्यक्रम सम्पन्न पारिएको छ । गुमा रानाको अध्यक्षता तथा सम्झना दुलालको सञ्चालनबाट आगाडि बढेको सो कार्यक्रममा उपस्थित जनसमुदायलाई लिला शाहीले स्वागत गर्नु भएको थियो ।
प्रमुख अतिथि अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरबराज रेग्मी, मूल प्रवाह केन्द्रीय समितिका राम कुमार क्षेत्री र खिमबहादुर बिक, मध्य दक्षिण क्षेत्रीय समितिका बिकास परियार, मध्य नगर समितिका राजु दुलाल र धनबहादुर शाहीले अतिथि आसन ग्रहण गर्नु भएको थियो ।
तिजको महत्व विषायक वक्तित्व कलामा अनुशा परियार, विस्नु परियार, चन्द्रा परियार, निर्मला परियार, यमुना बिसि, भानु बिसि,  किष्ण कुमारी बिक, प्रेम बिकले भाग लिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here