हेमराजकी श्रीमती भारतको सुप्रिम कोर्ट पुगिन्

0
1024

नया दिल्ली । भारतको चर्चित हेमराज–अरुषी दोहोरो हत्याकाण्डका आरोपी राजेश तलवार र नुपुर तलवार इलाहवाद हाइकोर्टले पुक्ता सबुतको अभाव देखाउ“दै रिहा गरेको आज ६९ औं दिन वितेको छ । यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले एक प्रेस विज्ञप्ती जारी गरेको छ । समाजका महासचिव खगेश्वर शर्माद्वारा हस्ताक्षरित सो विज्ञप्तीमा सिविआई जस्तो उच्चस्तरिय जा“च एजेन्सी द्वारा आरोपितलाई कोर्टले सबुतको अभाव बताई रिहा गरेको ६९ औं दिन वित्दा समेत मौन रहनुले कहिं पुनः उनै नेपाली कामदारहरुलाई त हैन ? विज्ञप्तीमा शंका जाहेर गरिएको छ । हिन्दीमा जारी उक्त विज्ञप्तीमा घटनाको बारेमा यो केशको बारेमा सिविआई मौन रहनु आश्चर्यजनक रहेको बताइएको छ ।
जब की विगतमा कृष्ण, राजकुमार र विजय मण्डलाई आरोपीको विल्ला भिराएर केश रफादफा गर्ने कोशिसमा स्वयं सिविआई रहेको थियो । तर घटनाको प्रकृतिले त्यस्तो नभएको भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले लगातार संघर्ष ग¥यो । तत्पश्चात सिविआईले पनि उनीहरुलाई निर्दोष रहेको भन्दै
रिहाई गरेको थियो । केशको अनुसन्धानका दौरान सिविआईले आरोपी राजेश तलवार र नुपुर तलवारलाई दोषी सावित गरेको थियो ।
विज्ञप्तीमा उल्लेख भए अनुसार हेमराजकी श्रीमति खुमकला बण्जाडेले सर्वोच्च अदालतमा न्यायको गुहार लगाएकी छन् । इल्लाहवाद कोर्टले साक्षीको अभाव रहेको बताइएको सो केशको सबै भन्दा ठूलो साक्षि स्वंयम सिविआई रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here