हुनु पर्छ

0
99
  • केशव गाहा पाल्पाली

जोश हुनु पर्छ मनमा उमंग हुनु पर्छ
नसा नसा देश भक्तिको तरंग हुनु पर्छ

बेरोजगारी भ्रस्टाचार शोषण मुक्त देश
हाम्रो छलफलमा यिनै प्रसंग हुनु पर्छ

सभ्य समाज विकसित देश बन्छ कसरी
सोच बिचार दुरदृष्टी छर्लंग हुनु पर्छ

जनावर होइनौं ति किरा माकुरा होइनौं
चेतनशील प्राणीको जीउने ढंग हुनु पर्छ

आऊ सिमानामा बन फेरि बीर गोर्खाली
शाहस हाम्रो देख्दा दुनिया दंग हुनु पर्छ ।
।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here