हिसारमा मूल प्रवाहले शुरू गर्यो संगठन निर्माण अभियान

0
130

हिसार, १ जनवरी । भारतस्थित नेपालीहरुको अभिभावक संगठनको रुपमा चिनीने मूल प्रवाह अखिल एकता समाज हिसार नगर समितिले नयाँ वर्ष २०१९ को आगमनको संगै संगठनलाई अझै फराकिलो पार्दै प्रत्येक नेपालीहरुको घरदैलोमा मूल प्रवाहलाई स्थापित गराउने उद्धेश्यको साथ सदस्यता वितरण तथा संगठन निर्माण अभियान अगाडि बढाएको छ ।

०१ जनवरी २०१९ देखि शुरू गरेको सो सदस्यता अभियानको पहिलो दिन मै १५० भन्दा वढी सदस्यता वितरण भैसकेको र ठाउँठाउँमा क्लास चलाई नयाँ सदस्यता वितरण गरिएको जानकारी प्राप्त भएको छ ।

“हामीले संगठन सुदृढ तथा सदस्यता अभियान मार्फत सयौं नयाँ सदस्यहरु भर्ना गर्ने र ठाउँठाउँमा क्लास, प्रशिक्षण चलाई समितिहरु निर्माणमा जोड दिनेछौं” नगर सचिव तारा सोमारेले वताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here