हिसारमा मूल प्रवाहका विभागहरु गठन

0
235

हिसार, २३ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समिति अन्तर्गत जनजाति बिभाग, समता बिभाग, रक्त्तिम बिभागको सयुंक्त भेला नगर अध्यक्ष वसन्त दर्लामीको अध्यक्षता तथा नगर सचिव आत्मराम न्यौंपानेको सञ्चालनमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागिहरुलाई ओम प्रकाश तिवारीले स्वागत गरेका थिए ।

संयुक्त भेलाको उद्घाटन केन्द्रीय समितिका सल्लाहकार देबि पौडयालले दिप प्रज्वलीत गरि गर्नुभएको थियो ।


समता विभाग :
संयोजक: खडक बहादुर विक, सदस्यहरु क्रमश: नारायण विक, श्यामबहादुर विक, टेकबहादुर विक, रामु सुनार, दुर्गा सुनार, भिमबहादुर विक, तिलकबहादुर विक र मानबहादुर परियार रहेका छन् ।

जनजाति विभाग:
संयोजक– केयर सिहं मगर, सदस्यहरु क्रमश: कमल थापा, मोहन थापा, हरिबहादुर गाहा, ताराबहादुर सोमरे, यमलाल थापा, प्रेमबहादुर सुर्यवंशी, नन्दबहादुर लम्तरी, प्रेमबहादुर थापा, मानबहादुर घर्ति मगर र भिमबहादुर थापा रहेका छन् ।

रक्तिम विभाग:
संयोजक– योगेन्ऽ दर्लामी, सदस्यहरु क्रमश: निरु सारु, रक्षा सोमरे, लालबहादुर चुदाली, डोलमाया विक, सावित्रा, दिपा लस्तरी, सपना शर्मा, सरिता पौड्याल र नन्दबहादुर लम्तरी रहका छन् ।

अर्जुन गैरे, निरु सारु, किसन पोख्रेल, सीता पोख्रेल, नन्दबहादुर लम्तरी र तारा सोमरेले लगायतले शुभकामना दिएका थिए ।

विदाई क्रार्यक्रम

सोही दिन हिसार नगर समितिको आयोजनामा नगर अध्यक्ष वसन्त दर्लामीको अध्यक्षता र नगर सचिव आत्मराम न्यौपानेको सञ्चालनमा सम्पन्न विदाइ समारोह सम्पन्न भएको छ । विदाई कार्यक्रममा सहभागिहरुलाई ओमप्रकाश तिवारीले स्वागत गरेका थिए ।

एकता समाजमा लामो समयसम्म हिसार नगर समितिमा कामगर्दै आउनु भएका खिमराज घिमीरे तथा जानकि घिमीरे अव सदाको लागि स्वदेश फर्किने हुनाले प्रसंसा पत्र सहित विदाई गरिएको छ । घिमिरेले स्वदेशमा गएर पनि संगठनको काममा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here