हिसारमा जनतालाई सहयोग

0
265
हिसार, ५ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नगर समिति हिसार सिटि एरिया अन्तर्गत पर्ने जहार नगर समितिको सि टोलका कार्यकर्ताहरुले सितल पत्नी श्री सन्तोषलाई सहयोग गरेका छन् ।
           श्रीमती सितल गर्वाअवश्थामा भएको र हस्पिटल भर्ना गरि चेकप गराउदा पिडिताको पेटमा बच्चाको मृत्यु भएको तथा आमाको पनि अत्यन्तै नाजुक अबस्था रहेको साथै आर्थिक अबस्था कमजोर भएका कारण पिडित परिवारद्वारा सहयोग पाउ भनि सम्बन्धित टोलका सदस्यहरुलाई दिवेदन दिएकाले । टोलका सदस्यहरुद्वारा तत्कालै रु. १२००० रकम आर्थिक संकलन गरी एक भेलाको पनि आयोजन गरेर नगर समितिको रोहबरमा सो रकम नगर अध्यक्ष वसन्त दर्लामी तथा नगर सचिव तारा सोमारेलाई हस्तांतरण गरिएको छ । तत्पश्चात नगर समितिको टिमले अस्पतालका प्रवन्धक तथा डाक्टरसम्म वार्ता गरि सो अस्पतालको विलमा पनि  रु.१२००० छुट पनि गराइएको छ । यसरी करिव ३०००० वरावरको सहयोग मूलप्रवाह मार्फत भयको छ ।
            त्यसपछि विमारीको सिघ्र स्वास्थ लाभको कामना सहित जहार नगर सि टोलका साथीहरूलाइ धन्यवाद दिदै भेलालाई सम्वोधन गर्ने कार्यकर्ताहरुमा नगर अध्यक्ष वसन्त दर्लामी, इडस्ट्री एरियाका अध्यक्ष (श्याम ब बिक,जनजाती बिभाग का संयोजक केहर सिंह घर्ती मगर, सिटि एरियाका उपाध्यक्ष ओम प्रकाश तिवारी, महिला टोलकी सदस्य श्रीमती उर्मिला राना र राजेसले सिघ्र स्वास्थ लाभ सहित धन्यवाद मनत्ब्य राख्नु भएको थियो ।
             सभाको अध्यक्षता माया रानाले गर्नूभएको थियो भने सञ्चालन नगर सचिव तारा सोमारेले गर्नूभएको थियो । सो सभामा पीडित सन्तोषले मूल प्रवाहप्रति आभार प्रकार गर्दै धन्यवाद दिनुभएको थियो ।
             रामपुर, अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले २ जुम्लेहा बच्चाहरुलाई छाडेर लापत्ता महिलालाई फेला पारेको छ । नगर समिति अन्तर्गत दत्तनगर एरिया समितिका अध्यक्ष रामसिंह, मुन्नादेवी, सुपारीदेवी, नगर अध्यक्ष सिताराम बुढा लगायतको पहल कदमीमा दावा कान्छा लामाकी श्रीमती पविता लामालाई शिमला जिलाको सोघीमा फेला पारेहको हो ।
             एरिया समितिका सदस्यहरु र नगर अध्यक्ष सिताराम बुढाले सो महिलालाई कब्जा लिएर ३ अगस्त २०१८ का दिन दावा कान्छ लामालाई हस्तान्तरण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here