हिसारको सडकमा नेपाली बालिका वेवारिशे भेटिइन्

0
761

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा झापाको एक बालिका वेवारिशे अवस्थामा फेला परेकी छन् । झापाको काँकरभिट्टास्थित इँटाभट्टा घर बताउने १३ वर्षीय दिपिका तामाङ वेवारिशे अवस्थामा भेटिएकी हुन् ।

हिसारको सडकमा अलपत्र परेकी तामाङलाई त्यहाँका प्रवासी नेपालीले उद्दार गरेका छन् ।

‘सानिमाले दिल्लीको एक अफिसमा काम लगाइदिन्छु भनेपछि आएकी थिएँ । केही समय काम पनि गरेँ’, उद्दारपछि बालिकाले भनेकी छन्, ‘तर, पैसा माग्दा उल्टै पिटेर मलाई निकालियो ।’

बालिकाको परिवारसँग सम्पर्क गरेर उनलाई जिम्मा लगाउने तयारी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here