हिमाचल रामपुरमा नगर सम्मेलन सम्पन्न

0
423
ज्यूरीकोटला, २४ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति अन्तर्गत रामपुर बुशहरको पाचौं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सिताराम बुढाको अध्यक्षतामा नयाँ नगर समिति चयन गरेको छ ।
जसमाः उपाध्यक्ष– आरके राई, सचिव– चिन्तबहादुर राहुँ मगर, सहसचिव– अजय प्रताप शाह र कोषाध्यक्ष– विमला तामाङ रहेका छन् । त्यस्तै सदस्यमा राम सिंह ओली, विरेन्द्र सागर, धर्म प्रसाद रामी, मुनादेवी, सुपारी देवी, जित बहादुर, दिल बहादुर, बुद्धिराज घले, आशा देवी, कमला देवी, हरि प्रधान, कमला, वैकल्पिक सदस्यमाः धनीराम, कृष्णा देवी, गणेश, जयबहादुर ओली र आशादेवी कोटला रहेका छन् । त्यस्तै सम्मेलनले सल्लाहकारमा करन बहादुर तमाङ, इश्वरीदेवी, माया देवी, कमला देवी, चन्द्र बहादुर, विरमा देवी, माला देवी, सुरज बहादुर र वीरलाई चयन गरेको छ ।
सम्मेलनको उद्घाटन समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले गर्नुभएको थियो । केसीले हिमाचलमा नेपालीहरुको अवस्था बारे मन्तव्य दिनुभयो । नेपाल–भारत बीच सम्पन्न १९५० मैत्री सन्धिद्वारा प्रदत्त अधिकार अनुसार भारत भरी छरिएर रहेका नेपालीहरुको अवस्था अत्यन्तै गम्भीर बन्दै गएको बताउनु भयो । हिमाचलमा नेपालीहरुले खाना पकाउने रसोइ ग्यास समेत नपाउनाले जीवन अत्यन्तै कष्टकर बनेको र त्यसका लागि एकता समाज निरन्तर संघर्षरत रहेको समेत केसीले बताउनु भयो ।
सम्मेलनको अध्यक्षता करन बहादुर तमाङको अध्यक्षता तथा चिन्त बहादुर राहुँ मगरको सञ्चालनबाट अगाडि बढेको सो सम्मेलन उपस्थित जनसमुदायलाई राम सिंह ओलीले स्वागत गर्नुभएको थियो ।
नवनिर्वाचित समिति समितिलाई केन्द्रीय सदस्य विरु श्रेष्ठ, राज्य समितिबाट भूवन केसी, आरके राई, महिला क्षेत्रीय विभागबाट सुपारी देवी, विमला तमाङ लगायतले बधाई दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here