हिमाचलमा नेपालीहरुलाई अब जग्गा लिजमा

0
343
तुलाराम बुढा
कुल्लुमनाली । कुल्लु–मनाली अन्तर्गत अस्थायी रुपमा बसोबास गर्दै आएका प्रवासी नेपालीहरुका निम्ती लिजमा जग्गा मिल्ने पक्का भएको छ ।
              हिमाचल सरकारले दिएको अनुमति पत्र कुल्लु डिसीले सकारात्मक रुपले स्वीकार गरि मनाली एस.डिएमलाई निवेदन गरेको थाहा हुन आएको छ । सो निवेदनको तत्कालै सुनुवाई गरिने पक्का पक्कि भएको नजिकको श्रोतले बताएको छ ।
            हिमाचलमा श्रमजिवी नेपालीहरुले कम्सकिम लिजमा जग्गा पाउनु पर्ने मान्यतका साथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मनाली नगर समितिले लामो समयदेखि संघर्ष गर्दै आएको थियो । संघर्ष विना कुनै पनि चिज परिर्वतन असम्भव छ भन्ने मूल मान्यताका आधारमा सम्पूर्ण नेपालीहरुका हकहितका लागि सड्क आन्दोलन गर्नु पर्ने भए पनि आन्दोलन गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।
         कतिपय वेला संगठनको सकारात्मक कामप्रति अवरोध पुराउने प्रतिक्रियावादीहरुलाई सचेत गर्दै, सकारात्मक दृष्टिकोणमा नकारात्मक पहल भएमा यसको परिणाम राम्रो नहुने चेतावनी पनि दिएको छ ।
             जनताका लागि अति आवश्यकता रहेका राशन कार्ड, आधार कार्ड, पेन कार्ड, ड्राइभिङ लाइसेन्स, बोनाफाइड र नेपाली विद्यार्थीहरुलाई छात्रावृत्ती जस्ता समाजद्वारा गरिएको अति महत्वपूर्ण कार्यलाई सजिलै नागरिकताको आधारबाट सम्पूर्ण काम गराउन सिंगो संगठन लागिपरेको छ ।
           हिमाचल प्रदेशमा नेपाली नगारिकलाई मात्र नभई, अन्य राज्यका नागरिकले जग्गा जमिन खरिद गर्न पाउने प्रावधान छैन । सो प्रावधानका विरुद्ध मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले निरन्तर राज्य सरकार समक्ष छलफल चलाउँदै आएको छ । यसैको परिणाम राज्य सरकारले नेपालीहरुलाई लिजमा जग्गा दिने सम्मको व्यवस्था अगाडि सारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here