हिमाचलको एक बालआश्रममा चार नेपाली बालकहरु आफन्तको खोजीमा

0
430
भुन्तर । हिमाचलको कुल्लु जिल्ला अन्तर्गत भुन्तर शहरमा रहेको एका बाल आश्रममा ४ नेपाली बालकहरु गत ४ वर्षदेखि आफन्तको खोजीमा रहेका छन् ।
रमेश बुढा

हामीलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भून्तर नगर समितिले दिएको जानकारी अनुसार सुर्खेतको चौरहा घर बताउने १४ वर्षका रमेश बुढाले आफ्नो बाबुको नाम चक्रे बुढा, आमाको नाम धनकली बुढा, बाजे नन्दराम बुढा, भाईको नाम ललित बुढा, बैनिको नाम सिर्जना र अंकलको नाम राजु बुढा बताउँछन् ।

विष्णु सार्की

त्यस्तै पोखरा शहर नजिक रहेको नैरीकोट घर बताउने वर्ष १४ का विष्णु सार्कीले आफ्नो बाबुको नाम हिरे सार्की, आमाको नाम सिता सार्कि, बैनी सबिता र बाजेको नाम छविदार सार्कि बताउँछन् ।

                भून्तरस्थित वाल आश्रममा यी दुई बालकहरुका आफन्तको खोजीका लागि स्थानीय पुलिस प्रशासनले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई जानकारी गराएको थियो । तत्पश्चात भून्तर नगर समितिले विभिन्न सोशियल मिडीहरुमा मार्फत प्रचार गरेता पनि हालसम्म कहिं कतैबाट सम्पर्क नभएको नगर अध्यक्ष कनैह्या लाल चौधरीले बताए ।
                   ती दुई बालकहरुको साथमा आफ्नो परिचय खोल्न नसक्ने दुई बालकहरु पनि रहेको हामीलाई नगर सचिव विशाल बुढाथोकीले बताए । उनीहरुलाई कसरी र कसले हिमाचलसम्म पुर्याइयो भन्ने रहस्य नै रहेको छ । विशाल बुढाका अनुसार विभिन्न मानव तस्कर वा वालबालिक अपहरणकारीहरुले उनीहरुलाई त्यहाँ पुर्याएको हुन सक्ने पनि आशंका रहेको बताए ।
               उनीहरुलाई नजिकबाट जान्ने जोसुकै महानुभावहरुले ति बालकहरुको घरपरिवारसम्म जानकारी गराई दिनु हुन विनम्र अनुरोध गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here