हार्दिक श्रद्धांजली हेमलाल सापकोटा

0
227

रोपड, २९ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड़ नगर समितिका एकहोनहार कार्यक्रता हेमलाल सापकोटा करय स्व.काशीराम सापकोटाको मैक्श हस्पिटल मोहालीमा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँ २१ अप्रेल १९९० देखि मूल प्रवाहको सदस्य हुनुहुन्थ्यो र समय समयमा विभिन्न जिम्मेदारी समाल्दै गत करिव दुइ दशक देखि नगर कोषाध्यक्षको अहम जिम्मेदारी सम्हाल्दै आउनु भएको थियो ।

वहाँलाई श्वास सम्वन्धी समस्याको कारण रोपड तथा मोहालीको मैक्स हस्पीटलमा गत १५ दिनदेखी उपचारार्थ भर्ना गरिएको थियो । सो क्रममा अचानक २९ जनवरी २०१९ का दिन हार्टअटैक आइ वहाँको मृत्यु अस्पताल मै भएको थियो ।

३० जनवरी २०१९ का दिन वहाँको अन्तिम संस्कार मूल प्रवाहका कार्यक्रताहरु, अफिस स्टाफहरु र आफन्तहरुको उपस्थितमा रोपड़ घनौलीमा गरिएको छ ।

गैडाकोट नगरपालीका १३ वेल्डीया नवलपुर जिल्ला ५ नम्वर प्रदेश स्थायी घरभएका हेमलाल सापकोटा ०४अक्टोबर १९६१ मा जन्मनुभएको थियो । वहाँको श्रीमती कृष्णा.देवी, १ छोरा ओमप्रकाश तथा १ छोरी विमलादेवी हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here