हाम्रो कस्तो सरकार

0
180

शमशेर केसी (चंडीगढ़)

हाम्रो कस्तो सरकार,
ठिक छैन् प्रशाशन ।
राज्य सयन्त्र अपराधीलाई जोगाई राख्छ ।
न्याय माग्दा निर्दोष माथि खोजी खोजी बन्दुक ताक्छ ।
आखिर लड्नै पर्ने हुन्छ एकढिक्का भएर,
मर्न परे मर्छौ बरु मार्छौ दुश्मनलाई,
बस्दैनौ काएर भएर ।
नीति ठिक छ नियत छैन राम्रो
किस्मतलाई दोष नदिउँ
ठिक छैन सरकार हाम्रो ।
प्राकृतिक सम्पदाको धनी देश हाम्रो,
थरी थरीका सरकार आउँछन् भर्छन् आफ्नै पेट ।
कति ठुला भुडी तिम्रो सिंगै देश अटाउने,
जनताले न्याय माग्दा गाउँ गाउँमा गुण्डा खटाउने ।
नशा नशाबाट हुँकार छुट्छ भोको पेट नाँगो जीउँ
एक गिलास रक्सी दुई पिस मासु खाएर भोट मलाई दिउ ।
बुझी सके जनताले लुटिखाने तिम्रो बानी
उठ्दै छन् जुट्दै छन् हान्छन अब तानि तानि ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here