हाम्रो अभियानले भ्रष्टाचारीहरूको मुटुमा ढ्यांग्रो ठोक्ने छ– घिमिरे

0
278

(अखिल नेपाल युवक संघले हालै सम्पन्न गरेको राष्ट्रिय परिषद बैठकले गरेका निर्णय र संघले संचालन गर्न लागिरहेको “राष्ट्रघाती नागरिकता विधेयक र भ्रष्टाचार विरुद्ध मेची-माहाकाली खबरदारी अभियान” को सेरोफेरोमा रहेर ई-मिसन खबरले अखिल नेपाल युवक सङ्घका अध्यक्ष अनिल किशोर घिमिरे सँग गरेको कुराकानीको सारसंक्षेप:)

  • नमस्कार, ई–मिसन खबरमा यहाँलाइ हार्दिक स्वागत छ ।

नमस्कार, धन्यवाद ।

  • भर्खरै अखिल नेपाल यूवक संघको राष्ट्रिय परिषद बैठक सकेर फर्किनु भयो के के निर्णय गर्नु भयो ।

हजुर, अखिल नेपाल युवक संघको सातौं राष्ट्रिय सम्मेलन पछिको पहिलो राष्ट्रिय परिषद् बैठक २०७६ पौष ७ र ८  गते धनगढीमा सम्पन्न भएको छ । हामीले माघ १५ देखि २९ गतेसम्म राष्ट्रघाती नागरिकता बिधयेक र भ्रष्ट्राचारको बिरुद्घमा मेचीमहाकाली खबरदारी अभियान संचालन गर्ने, जनमोर्चाले फागुनमा संचालन गर्ने बिशेष अभियान, अखिल (छैठौ)ले आयोजना गरेको काठमाडौ केन्द्रीत कार्यक्रम लगाएत अन्य जनवर्गिय संगठनले आयोजना गरेका कार्यक्रमहरुलाई सहयोग पुर्याउने, बैशाख महिनामा नव युवागर्जन प्रकाशन गर्ने र जेष्ठ महिनामा बिशेष संगठनात्मक अभियान संचालन गर्ने निर्णय गरेका छौं ।

  • देशमा दुइतिहाईको सरकार छ । त्यसमा पनि कम्यूनिष्टहरुको, सुशासन हुनुपर्ने होइन र ? तपाईहरु त झनै भष्टाचार, बेथिति बढयो भन्दै मेचीमहाकाली अभियान गर्ने निर्णय पो गर्नुभएछ ।

आफूलाई कम्युनिष्ट भन्नेहरुको दुइतिहाइको सरकार त छ । तर तिनिहरु वास्तविक कम्युनिष्ट होइनन् ।आज कम्युनिष्टको खोल ओढेर जनतालाइ भुलभुलैयामा पार्ने र जनघात, राष्ट्रघातका कार्यहरुलाई निरन्तरता दिने काम भएको छ । आफ्नो सत्ता टिकाइराख्नको लागि दलाल तथा बिचौलियाहरुको साथ लिने र बिदेशी साम्राज्यबादी बिस्तारबादी शक्तिकेन्द्रसंग आत्मसमर्पण गर्ने बिगतदेखिको परिपाटी कायम नै रहेको छ । देशमा अहिले पनि हत्या, हिंसा, वलात्कार, लुट, कमिसनतन्त्र, भ्रष्टाचार कायमै छ । महंगीले सिमा नाघेके छ । राष्टियतामाथि गम्भीर संकट उत्पन भएका छन् । देशको सिमा दिनानुदिन साँगुरिंदै गैरहेको छ । जनतामा आशा भन्दा पनि निराशा उत्पन भैरहेको छ । त्यसैले सुशासन कायम हुने कुरो त धेरै टाढाको बिषय बनेको छ । सरकारी निकायकै संरक्षणमा कैयौ बलत्कारी, अपराधीहरु उन्मुक्त भइरहेका छन् वा कार्बाहीको दायरामा आउन सकेका छैनन् । भ्रष्टाचार झन बढेर गएको छ । नेपालको राजनैतिक नेतृत्व , प्रशासन   संयन्त्र, न्यायलय, सुरक्षा क्षेत्र, संबैधानिक अङ्गहरु आदी निकायमै भ्रष्टाचारको जालो रहेको छ  । सरकारले समृद्दिका नारा लगाएजस्तो गर्ने तर सामाजीक न्याय, कानुनी साशन र पारदर्शी कार्य गर्न सकिरहेको स्थिति छैन ।

  • तपाईहरुको अभियानले के देशमा बढदै गैरहेको बेथिति, भष्टाचार कम होला त ?

हाम्रो अभियानले पूर्णरुपमा भ्रष्टाचार, बेथितिको अन्त्य नगरेपनि यस बिषयमा जनतालाइ देशव्यापीरूपमा सुसुचित गर्ने र त्यसको बिरुद्दमा लाग्न जनतालाइ प्रेरित गर्ने छ । जस्ले गर्दा भ्रष्टाचारीहरूको मुटुको ढ्यांग्रो ठोक्ने छ । युवाहरुलाई सामाजिक आन्दोलनमा  लाग्न उत्साहित बनाउने छ । जब आम जनता सचेत बन्छन तब राज्यका भ्रष्टाचारमा संलग्नहरूलाई कारवाही गर्ने स्थितीको सृजना हुन्छ ।

[नागरिकता संशोधन बिधयक   देशलाई फिजिकरण र सिक्किमीकरण गर्ने उदेश्यका साथ आएको यसप्रकारको राष्ट्रघाती नागरिकता बिधयेकको बिरुद्घ हामीले अभियान संचालन गरिरहेका छौं ।]

  • नागरिकता संशोधन विधेयकको विरुद्धमा चाहीँ किन नि ? के के छन त तयस्ता राष्ट्रघाती प्रावधानहरु ?

नेपालको हरेक आन्दोलन पछाडी नागरिकताको बिषयलाई अनाबश्यक रुपमा राजनितिकरण गरेर भारतले नागकितामा नै घुसपेठ गरेर नेपाली राष्ट्रियतामाथी नै धावा बोल्ने काम गरिरहेको छ । पछिल्लो पटक २०६२/०६३ को आन्दोलन पछी नागरिकता ऐन ल्याएर  बंशको आधारबाट मात्र नागरिकता प्राप्त गर्ने परम्परालाइ तोडेर बंश, जन्म र अन्य आधारमा पनि नागरिकता पाउन सक्ने बनाइएको छ । यस ऐनले जन्मसिद्घ,१५ बर्ष नेपालमा बसेको, बिदेश बिहे गर्ने नेपाली छोरीका सन्तान,अङ्गिकृतका सबै नातापाता, तिनजना नेपालीले सनाखत गरिदिएको ब्यक्ती, नागरिकता बितरण गर्ने टोलीले उपयुक्त मानेको जोसुकै ब्यक्ति नेपाली नागरिक बन्न सक्ने प्राबधान राखीएको छ । २०७२ को संबिधानले पनि त्यसैलाई समर्थन गरेको छ । अहिले संसदमा पेश भएको संसोधन बिधयेकमा पनि त्यस्तै राष्ट्रघाती प्राबधानहरु राखीएकोले हामीले लगातार बिरोध गर्दै आइरहेका छौं । यो बिधयकमा बिदेशीहरुलाई क्याम्पसको परिचयपत्र दिएजस्तो गरि नागरिकता बाड्ने, बंशजको अधिकार अंगीकृतलाई दिएर देश नै कब्जा गर्ने रणनीतिका साथ आएको छ । देशलाइ फिजिकरण र सिक्किमीकरण गर्ने उदेश्यका साथ आएको यसप्रकारको राष्ट्रघाती नागरिकता बिधयेकको बिरुद्घ हामीले अभियान संचालन गरिरहेका छौं ।

  • अन्य ठूला यूवा संगठनहरु त यस विषयमा चुपचाप देखिन्छन, उनीहरुलाई पनि संयूक्त रुपमा लिएर जान सकिदैन ?

अन्य ठूला भनिने युवा संघ संगठनहरुले यस्ता राष्ट्रिय महत्वका बिषयहरुमा ध्यान दिएको देखिएको छैन । उनिहरु आफ्नै संगठनको अन्तरबिरोधलाई ब्यवस्थापन गर्न सकिरहेका छैनन् ।आपसी पदको लडाइ र गुटगत स्वार्थमा रुमलीरहेका छन् । त्यसैले उनिहरुसंग सयुक्त आन्दोलन उठाउन सकिएको छैन ।अर्कोतिर सत्तासिन दलका युवा संगठनहरुले सरकारकै बफादारी गर्ने, त्यतैबाट स्वार्थ सिद्घी गर्ने र जनहितका मुद्दाहरुलाई बिर्सने परिपाटीले गर्दा पनि आन्दोलन उठ्न सकेको छैन ।

  • त्यसो त तपाइको मातृपार्टी को पनि त यो सरकारलाई समर्थन छ । पार्टीले यो विषयमा सरकारलाई ससक्त दबाब दिन सक्दैन ?

राष्टिय जनमोर्चाले अहिलेको सरकारलाइ समर्थन गरेको छ । यसको अर्थ सरकारले गर्ने सबै राम्रा नराम्रा कामको समर्थन होइन । सरकारले गरेका जनबिरोधी, राष्ट्रबिरोधी कामको खुलेर बिरोध गरेका छौं । खास गरि जनताको ठूलो संघर्षबाट प्राप्त गरेका गणतन्त्र, धर्मनिरपेक्षता, समाबेशीता लगाएतका बिषयलाई संस्थागत गर्न र प्रतिगमनको खतराबाट मुलुकलाइ जोगाउनको लागी यो सरकारलाई अझ बल पुगोस् भन्नेमा हाम्रो जोड रहने गरेको छ । सरकारलाई पनि जनसरोकारका मुद्दाहरुमा सचेत बन्न दबाब दिने काम भैरहेको छ ।

  • अन्त्यमा ई मिसन खवर मार्र्पात केही भन्नुहुन्छ ?

गणतन्त्र आइसकेपछि पनि युवाहरुको अवस्थामा सुधार आएको छैन । देशमा रोजगारीको अवशर नपाएर आजपनि लाखौंको संख्यामा युवाहरु बिदेश जान बाध्य भइरहेका छन् । उनिहरुको जीवन र पेशाको शुरक्षा भइरहेको छैन । देशको अर्थतन्त्र बिदेशी दलाल पूजीपतिहरुको कब्जामा जाँदैछ । देशका ठूला उधोगधन्दाहरु बिदशीहरुले चलाइरहेका छन् । यसले देशको पूजी अनधिकृत रुपमा बिदेशीएको छ । राष्ट्रिय उत्पादनको बिकाश गर्ने, रोजगारीको ब्यवस्था गरी लाखौं युवा जनशक्तिलाई देशको बिकाशमा लगाउने हो भने मुलुकको समृद्दि हुन सक्छ । यस बिषयमा राज्यको ध्यानाकर्षण हुनु जरुरी छ । इ–मिशन खबरले यस बिषयमा लगातार आवाज उठाइराखोस् । यसको प्रगतीको कामना गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here