हामी चम्किनै रहन्छौ

0
1110

हो यो यात्रा सजिलो छैन
जति सजिलो यात्रा
तिम्रो मात्र जिन्दगीको छ
त्यति सजिलो पनि छैन
जति सजिलो यात्रा
तिम्रा आई आफन्तहरुको छ
हो बरु यो यात्रा निकै कठिन र गाह्रो छ
जत्तिकै गा‍र्हो पृथ्वी उठाउनुमा हुन्छ
जत्तिकै गार्हाे आकाश थाम्नुमा हुन्छ
अनि गा‍र्हो त्यत्तिकै जत्तिकै तारा चम्किनुमा हुन्छ ।

जब तिमिले टेकेको
धर्तीको आधारै कच्चो छ भने,
तिमिले छोपेको हागोंनै कमजोर छ भने
तिम्रो बिश्वासको डोरिनै कच्चो छ भने
कहाँ सकिन्छ अडिन ?
यसै सकिंदैन थामिन
नसकिन्छ टिक्न
अनि सकिँदैन
यो यात्राको गन्तव्यसम्म पुग्न ।

खोला बगेको तिर बग्नु सजिलो छ
तर यो यात्राको गन्तव्य माथी बग्नु छ
उज्यालो हुन घामलाई सजिलो छ दिउसमा
तर हाम्रो चम्काई अन्धकार रातमा ।
फुल्न सजिलो छ माटोमा
तर
हामी फुल्ने मरुभूमिमा
अब भन के यो यात्राको गन्तव्य सजिलो छ ?

निस्के कयैन यात्रीहरु
रहरका पोका बोकेर
हिड्दा हिड्दै बिचमै थाके र लागे
ओरालो बाटो तिर
तर
हामी हिड्ने बाटो कठिननै
किन नहोस् हामी
लम्किरहन्छौ हामी चम्किनै रहन्छौ
हाम्रो यात्रामा निरन्तर निरन्तर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here