हामीले देशको विकास चाहेको हो भने संघीयतालाई खारेज गर्ने हिम्मत गर्न सक्नुपर्छ- पौडेल

0
1019

सुवाश संयम/ काठमाडौं
सरकारका निर्माणाधीन चालू योजना स्थानीय निकाय तथा प्रादेशिक सरकारलाइ हस्तान्तरण गर्ने बारे सांसद खगराज अधिकारीको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव माथी छलफल गर्दै राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले देश आर्थिक रुपले झन पछि झन संकटमा पर्दै गइरहेको कुरा बताउनु भएको छ।
संसदमा जरुरी प्रस्ताव माथी टिप्पणी गर्ने प्राय जसो सांसदहरु ले जिल्लाहरुमा विनियोजित बजेट अत्यन्त न्यून भएको कुरा बताएका थिए । सोही कुरालाइ इंकित गर्दै संसद पौडेलले भन्नू भयो ” वजेट किन कम भयो? अर्थमन्त्री ज्युले बजेट भाषणको पुर्व सन्ध्यामा श्वेतपत्र जारी गर्दै राष्ट्रिय ढुकुटी रित्तेको कुरा जानकारी गराउनु भएको थियो। हाम्रो जग नै कमजोर छ। आधारनै बलियो भएन भने ढुकुटी कसरी बलियो हुन्छ? हामीले अवलम्बन गरेको प्रणालीनै यसको प्रमुख कारण हो। संघीयतालाइ हामीले जति अघि बढाउछौं त्यतिनै देश दलदलमा फस्दै जान्छ।”
संघीयताका कारण स्थानीय स्तरको बिकासको रकम कटौती भएको छ। प्रादेशिक संरचना टिकाउन राज्य कोसको अरबौं रकम खर्च गर्नु परेको छ। सरकारले चाहेर पनि आर्थिक समस्याको कारण बिकास गर्न सकेको छैन। पौडेलले भन्नू भयो ” अहिले केन्द्र, प्रदेश र स्थानीय तह बिच योजनाको फालाफाल छ। को कसरी पन्छिने भन्ने होडबाजि छ। आफ्नो टाउकोमा योजना आयो भने बजेट चाहिन्छ। बजेट छैन। वास्तवमा जनताले अधिकार र विकास खोजेका हुन्, राज्य होइन।”
प्रादेशिक राज्यहरुको कारण देशको ब्ययभार बढेकोले प्रादेशिक राज्यको खारेजीको बिकल्प नरहेको कुरामा उहाँले जोड दिनुभयो। “सरकारले अब प्रदेश सरकार धान्न सक्दैन । हामीले देशको साच्चिकै विकास चाहेको हो भने संघीयतालाई खारेज गर्ने हिम्मत गर्न सक्नुपर्छ” ।
प्रजातान्त्रिक विकेन्द्रीयतामा आधारित स्थानीय स्वयत्त शासन सहितको एकात्मक राज्य प्रणालीनै नेपालको लागि उपयुक्त प्रणाली रहेको कुरालाइ जोड दिदै उहाले भन्नू भयो ” अहिले जे देखिदै छ यो त खालि फिलिमको कास्टिङ मात्र हो, फिलिम सुरु हुनै बाकी छ। देशलाइ आर्थिक भारबाट मुक्त्त गर्ने हो भने प्रादेशिक संरचनालाइ पुरै खारेज गर्नु पर्छ र चालू योजना स्थानीय निकायलाई जिम्मा दिनुपर्दछ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here