हामीलाई बन्दुक दे सरकार

0
406
  • श्रृजना जिसी

निष्फिक्री अनि स्वतन्त्र हिँड्ने
दिन सकिनस् वातावरण
बाल–बालिकालाई सुरक्षाको
दिन सकिनस् उचित आवरण
६० वर्षे वृद्धालाई पनि
दिन सकिनस् सुरक्षित आधार
त्यसैले,
अब
चिताउँछ्स् भने जनताको भलो
चाहन्छ्स् भने जनताको सुरक्षा
हामीलाई बन्दुक दे सरकार
अनि,
गर्नेछौँ आफै आफ्नो रक्षा
दिलाउनेछौँ आफुलाई सुरक्षा
ढुक्क हो सरकार
मारिने छैनन् हामीबाट निर्दोष
अनि
बाँच्न पाउने छैनन् दोषीहरु
आज न्यायका निम्ती लडिरहँदा
हत्याका बिरुद्ध डटिरहँदा
बलात्कारीलाई कारबाही मागिरहँदा
हत्यारालाई सजायका लागि भागिरहँदा
एउटा अबोध बालकको छाती रक्ताम्य छ
अनि घाइते छ्न् कयौँ मान्छेहरु
त्यसैले,
अब
बिधीको शासनमाथिको यो प्रहार भन्दा
न्यायको छातीमाथी यो बलात्कार भन्दा
जनतालाइ यो असुरक्षाको जहर भन्दा
डरैडरको धमिलो प्रहर भन्दा
हामीलाई बन्दुक दे सरकार
अनि
अन्यायको विषालु ग्याँसमा
निःशासिन छोडेर
न्याय अनि बिधीको शासनको
शुद्ध अक्सिजनमा
निष्फिक्री श्वास फेरेर बाँच्नेछौँ
ढुक्क हो सरकार
पड्किने छैन बन्दुक
अन्याय बिरोधी माथि
वर्षिने छैनन् गोलि
न्याय प्रेमी जनता माथि
मलाई अत्ति डर लाग्छ
घर फर्किन जब अबेर हुन्छ
धर्ती छोड्छ जब उज्यालोले
मनमा बास बस्छ तब अध्याँरोले
हर्यासमेन्ट त नर्मल भयो अब
यो कुरामा खुसी हुनुपर्छ
ओहो मेरो अहोभाग्य
मेरो बलात्कार भएन
त्यसैले,
अब
घर आउनु अघि रात परेपनि
अन्धकार हाम्रो वरिपरी झरेपनि
निसंकोच, बेपरवाह, निडर
घरसम्मको यात्रा तय गर्नका लागि
हामीलाई बन्दुक दे सरकार
अनि
डरको पोकोलाई ध्वस्त पारेर
ज्यानको परवाहलाई उ पर सारेर
स्वतन्त्र बाँच्नेछौँ
ढुक्क हो सरकार
पढ्न जानेहरु सुरक्षित घर फर्कनेछन्
बन्दुक केवल अपराधी माथि पड्कनेछन्
कञ्चनपुरमा प्रहरीले
आफ्नो आत्मरक्षा भन्दै
१३ वर्षिय बालकमाथि
गोली प्रहार गरि हत्या गर्दा
निर्दोष जनतामाथि
अश्रुग्याँस र गोली बर्षाउँदा
आज प्रश्न उठेको छ
हामी कसरी गरौँ आत्मरक्षा आफ्नो
त्यसैले,
जोडदार माग गर्छु कि
हामीलाई बन्दुक दे सरकार
अनि
तेरो टाउको दुखाई खतम
तेरो आलोचना खतम
तलाई गाली–गलौज खतम
तेरो चिन्ता खतम
हामीलाइ बन्दुक दे सरकार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here