हजार चोट खाएर पत्थर मुर्ति बन्दछ

0
183

घनश्याम कोइराला, गुरुग्राम

जन्म दिने आमालाई
वृद्ध आश्रम लैजान्छौ
पाठ सिकाउने गुरुहरुको
हामी सधै बिरोध गर्छौ
जस्ले हाम्रो हित गर्दैन
उसैको हामी समर्थन गर्छौ
जसले राष्ट्रघाती काम गर्छ
उसैलाई हामी भोट दिन्छौं
जो पार्टी हाम्रो होइन
उसैको पछि दगुर्छौं
जनताको जसले काम गर्दैन
उसैलाई हामी साथ दिन्छौं
केही गर्न खोज्ने महानपुरुषको
हामी सधै खुट्टा तान्छौं
अग्रगमनको बिरोधमा
प्रतिगमनलाई साथ दिन्छौं
विश्वका अरु देश आज कहाँ पुगे
हामी अझै पछाडि परेकाछौं
हाम्रोलाई हामीले नचिन्दा
धोका हामीले पाएका छौं
बारबार धोका पायौं
अबत आफ्नोलाई चिनौं
१००० चोट पत्थरमा हान्दा
मुर्ती बनेको सत्यता पाउँछौं
नेपालको राजनीतिकमा
महानपुरुष पनि भेटाउने छौं
आफ्नोलाई बिरोध मात्र होईन
सम्मान गर्न पनि सिकौं
आमालाई वृद्ध आश्रममा होइन
आफ्नै घरमा सेवा गर्ने छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here