स्वर्णिम विद्यार्थी आन्दोलनको इतिहाससँग जोडिएको भविष्य

0
1109

नेपालको इतिहासमा थुप्रै प्रकारका परिवर्तनकारी आन्दोलन भए । राणा शासनको अन्त्य गर्न होस्, राजतन्त्रको अन्त्य गर्नहोस् या पञ्चयातीकालरात्रीको अन्त्य गर्न होस् त्यस्ता विभिन्न खाले परिवर्तन तथा राजनीति आन्दोलनमा नेपाली विद्यार्थीहरुले यो या त्यो प्रकारले सशक्त भूमिका निर्वाह गरे राज्यले गर्ने हरेक प्रकारको शोषण दमन अन्याय र अत्याचारको विरुद्धमा धावा बोल्न हातमा कपी र कलम लिएर सृजनशीलतामा लाग्ने ती उत्साहित विद्यार्थीहरु छातीमा बन्दुकको नालबाट निस्कने गोली सामना गर्न तयार भए चाहे ३५÷३६ सालको विद्यार्थी आन्दोलन किन नहोस चाहे २०४६ सालको जनआन्दोलन किन नहोस् यस्ता अन्य थुप्रै आन्दोलन तथा युद्ध हुदै २०६२÷६३ सालको १९ दिने ऐतिहासिक जनआन्दोलन किन नहोस् आफ्नो ज्यानको बाजी राखेर व्यक्तिगत स्वार्थ भन्दा माथि उठी आम नागरिक र सिगों राष्ट्रको हितलाई ध्यानमा राखेर आन्दोलनमा होमिएका नेपाल विद्यार्थीहरुको आन्दोलनको स्वर्णिम इतिहास तपाई हाम्रो माझमा आवगत नै छ ।

अधिकार प्राप्तिको आन्दोलनमा कैयौं विद्यार्थीहरुले ज्यानको आहुति दिएर स्वर्णिम इतिहासलाई रक्त रञ्जित बनाएका छन् । लाखौ ती विर योद्धाहरुको रगत पसिना र मेहेनतबाट सिञ्चित विद्यार्थी आन्दोलनले समाजमा हुने विभिन्न खाले गलत प्रवृत्ति र विसंगतिलाई अन्त्य गर्न महत्वपूर्ण खेलेका इतिहास कसैलाई सिकाउनु पर्दैन राणाको जहाँनिया शासन राजाको एकाधिकार र पञ्चायती हुकुमी शैलीको विरुद्धको आन्दोलनमा सबैलाई महशुस भएको छ कि विद्यार्थी आन्दोलन एउटा पहाड हो । पहाडमा कोही कुहिना जुधाउन आउँछ भने त्यो आफै नष्ट भएर जान्छ । पहाड र हिमाल रुपि अटल विद्यार्थी एकता तथा आन्दोलनबाट जस्तो सुकै गलत प्रकारको असामाजिक अलोकतान्त्रिक र विकृति विसंगतिको अन्त्य गर्न सकिन्छ भन्ने अत्यन्त गर्व गर्न लायक नेपाली विद्यार्थी आन्दोलनको रक्त रञ्जित इतिहास छर्लङ्ग छ ।

भनिन्छ विद्यार्थीहरु आफैमा चलायमान र विद्रोह स्वभावका हुन्छन् । विद्यार्थीले समाज र राष्ट्रमा हुने गलत क्रियाकलापको खबरदारी गरेका थिए गरिरहेछन् र भविष्यमा पनि सशक्त प्रकारले विद्यार्थी आन्दोलनलाई क्रान्तिकारी स्वरुपमा बचाउनु मुख्य चुनौतीको विषय बनेको छ । अथवा आन्दोलनका विषय वस्तुहरु कुन–कुन हुने र हामीले कस्तो खालको नीति अवलम्बन गरे विद्यार्थी आन्दोलनको भविष्य सुन्दर बनाउन सकिन्छ भन्ने बारे चर्चा गर्ने प्रयत्न हुनेछ । वर्तमान सन्दर्भमा नेपालको इतिहासमा संविधान सभाबाट संविधान निर्माण भई त्यसको कार्यान्वयनको पक्षमा नेपाली समाजको संरचना तयार भएको छ । यो केही मात्रामा प्रगतिशिल कदम भने पक्कै हो । वास्तवमा नेपालमा तथा विश्वका कुनै पनि देशमा जनताले चाहे जस्तो क्रान्तिकारी तथा युगान्तकारी परिवर्तन भने भएको छैन् यस अर्थमा अझै राजनीतिक परिवर्तन पुरा भएको छैन् यसकारणले गर्दा अबको विद्यार्थी आन्दोलनको उद्देश्य भनेको आम शोषित पीडित जनताको मुक्तिको निम्ति जनवादी क्रान्तिको आधार तयार पार्दै अर्ध उपनिवेशिक अवस्थाबाट मुक्त पाउनको निम्ति सशक्त सघंर्ष गर्ने खालको हुनुपर्दछ । शैक्षिक असमानताको अन्त्य गर्दै पूर्णरुपमा शैक्षिक समानताको निर्माण गर्न तर्फ ध्यान दिनुपर्दछ मुलुकमा संघीयताको आगमन सँगै स्थानीय तह देखि प्रदेश तथा केन्द्रसम्म पर्याप्त मात्रामा नीतिगत भ्रष्टाचारले वैधानिकता पाएको छ । संघीयताको नाममा जनता माथि असाधारण रुपमा क्षपता भन्दा बढी कर असुल्ने काम भएको छ । विकास निर्माण प्रक्रियामा समावेशीता पूर्ण र दिगो विकासको अवधारणा ल्याइएको छैन् यस्ता कुरा पत्ता लगाउदै त्यसको उन्मूलन तर्फ अबको विद्यार्थी आन्दोलनको जोड हुनुपर्दछ ।

अझ अखिल छैठौ को इतिहास त झनै सुन्दर र स्वर्णिम छ । नेपालको हरेक राजनीतिक, शैक्षिक तथा अन्य समाज परिवर्तनको आन्दोलनमा यसले सधै दरिलो वैचारिक लडाई लड्दै सबैको नेतृत्व गर्दै आएको छ । संगठनको हितको खातिर क्रान्तिकारी नीति सिद्धान्तलाई बचाउनको लागि थुप्रै ज्ञात तथा अज्ञात सहिदहरुले प्राणको आहुति दिएका छन् । यस्तो कलम र तारा अकिंत झण्डा सहिदहरुको तातो रगतबाट रक्त रञ्जित छ । भूमिराज सापकोटा तथा मित्रमणि आचार्य जस्ता कैयौ बिर सहयोद्धाहरुको रगतले सिञ्चित अत्यन्त प्रिय संगठन अखिल छैठौ भन्ने बित्तिकै न्याय समानता र स्वतन्त्रताको पर्यावाची भन्ने बुझिन्छ । यस्तो गौरवपूर्ण इतिहासले हाम्रो त्यो कलम र तारा अकिंत रातो झण्डा अझ उचाईमा फहराइरहेको छ । यसकारणले गर्दा यसको नीति सिद्धान्त तथा कार्यनीतिहरु क्रान्तिकारी चरित्रको हुनुपर्दछ । समाजमा व्याप्त असमानता अन्धविश्वास र कुरिति विरुद्ध सचेत र चेतनामूलक कार्य योजना ल्याउनुपर्दछ । देशमा व्याप्त मात्रामा भइरहेको भ्रष्टाचार ढिलासुस्ती कर्मचारी तन्त्र स्वतन्त्र न्यायपालिका माथिको हमला आदिका विरुद्ध सशक्त आन्दोलन गर्नुपर्दछ । विद्यार्थीको हकहित र अधिकारको लागि सम्झौता हिन संघर्षको महान इतिहासलाई बचाइ राख्न पर्छ । समाजमा भइरहेको वर्गीय विभेदको अन्त्य गर्न तर्फ उन्मुख हुनुपर्दछ । वर्ग समन्वयकारी भूमिकामा रहनु हुँदैन पूँजीवादी व्यवस्थामा वैचारिक माध्यमबाट राजनीति गर्न आफैमा जटिल विषयको भएकोले सशक्त प्रकारको प्रशिक्षणात्मक तथा रचनात्मक कार्यहरु गर्नुपर्छ । वर्गविहिन समाजको निर्माण मुख्य उद्देश्य र माक्र्सवाद लेनिनवाद र माओ विचारधारालाई पथप्रदर्शक सिद्धान्तको रुपमा स्विकार्दै जनवादी केन्द्रियतालाई मान्नुपर्छ । हरेक विषयवस्तुमा गहन विश्लेषण आम क्रान्तिकारी चरित्र बोकेका कार्यकर्ताहरुको धारणा अनुसार निर्णय लिनु आवश्यक छ । अन्यथा हामीले आफ्नो स्वर्णिम इतिहास बचाउन सक्दैनौ हाम्रो सम्झौताहिन इतिहासलाई यथावत राख्न सक्दैनौ त्यसकारण विगतको इतिहास र क्रान्तिकारी चरित्रको मर्यादा तथा नैतिकतालाई सम्झेर आन्दोलनका कार्यक्रम अगाडि बढाउनुपर्छ । न कि हामी समाजबादको केन्द्रविन्दुमा छैनौ त्यसकारण हामी सधै सडकमा छौ र सडक आन्दोलनमा ध्यान दिनु पर्छ तबमात्र हाम्रो स्वर्णिम इतिहासलाई भावी पुस्तामा सहजै हस्तान्तरण गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here