सर्टिफिकेटको आधारमा ऋण उपलब्ध गराउने सरकारको स्वागत योग्य कदम
जेठ १६, काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (मसाल)को सहयोगी संगठन अखिल नेपाल युवक संघले ने.क.पा. र फोरम विच संविधान संसोधन गर्ने जुन सहमति भएको छ, यसले राष्ट्रियता माथि थप खतरा पैदा गरेको बताएको छ । संघका अध्यक्ष अनिकिशोर घिमिरेले प्रेसवक्तव्य जारी गरि उक्त सहमति राष्ट्र र राष्ट्रियता माथि दखल पुग्ने बताउँदै संघले तुरुन्त खारेज गर्न माग समेत माग गरेको छ ।
भारतीय विदेशमन्त्री शुश्मा स्वराजले एक पुस्तक विमोचन कार्यक्रमको दौरानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बढाई चढाई गर्ने सन्दर्भमा नेपाल र नेपालीहरु माथि भने हेपाह प्रवृति झल्कने गरि अभिव्यक्ति दिएको बताउँदै युवक संघले घोर अपत्ती र खेदजन्य रहेको बताएको छ ।
त्यस्तै भारतीय जनता पार्टीका सांसद कृती आजादले ट्यूटरमार्फत जनकपुर भारतको बताएको प्रति युवक संघले निन्दा प्रकट गर्दै यस्ता बिषयमा सबै देशभक्त नेपालीहरु संवेदन शिलहुन र राष्ट्रिय सार्वभौमिकताको लागि एकताबद्ध रुपमा संघर्ष गर्न अपिल गरेको छ ।
अर्थमन्त्री द्धारा प्रस्तुत बजेट भाषणमा युवाहरुलाई रोजगारी दिने, सर्टिफिकेटको आधारमा ऋण उपलब्ध गराउने लगायतका कार्यक्रमहरु प्रस्तुत गरिएकोमा संघले त्यो स्वागत योग्य कदम भएको ठहर गरेको छ । विगत आकर्षक देखिने तर कार्यान्वयन नहुने खतरा समेत संघले इंकित गरेको छ । संबिधानमा समाजबादउन्मुख राज्यको निर्माण गर्ने भनिए पनि नीति कार्यक्रममा र बजेटमा त्यसप्रकारको ठोस कार्यक्रम नल्याइएको संघको ठहर छ । सरकारले पेश गरेका जनपक्षिय कार्यक्रमलाई कार्यान्वयनको लागि अखिल नेपाल युवक संघले जोड दिएको छ ।
वक्तव्यको सकल प्रति
बिषय :– प्रेशबक्तव्य
सर्बप्रथम ११औं गणतन्त्र दिबसको उपलक्ष्यमा युवाहरु लगाएत सम्पूर्ण गणतन्त्रबादी जनसमुदायमा हार्दिक शुभकामना ब्यक्त गर्दछौ ।
फोरम लगायत मधेशवादी दलहरुले राष्ट्रघाति मागहरु सहित संविधान संशोधनको लागि लगातार प्रयत्न गरिरहेका थिए । भारतीय विस्तारवादले योजनाबद्ध प्रकारले नेपाललाई विखण्डन गर्ने र नेपाली भूमिलाई कब्जा गर्ने डिजाइनका साथ लगातार हस्तक्षेपको नीति लिइरहेको छ र संविधान संसोधनको लागि दवाव दिइरहेको छ । त्यसका लागि पटक पटक मधेशवादी दलहरुलाई प्रयोग पनि गरेको छ । यस्तो कुरा जगजाहेर हुदाँहुदै ने.क.पा. र फोरम विच संविधान संसोधन गर्ने जुन सहमति भएको छ,यसले राष्ट्रियता माथि थपखतरा पैदा गरेको छ । उक्त सहमति तुरुन्त खारेज गर्न माग गर्दछौ ।
भारतीय विदेशमन्त्री शुश्मा स्वराजले एक पुस्तक विमोचनको कार्यक्रममा नेपाल प्रतिको हेपाहा प्रवृति झल्कने गरी अभिव्यक्ति दिएकी छन् । उनले भनेकी छनकी “नरेन्द्र मोदी यस्ता प्रधानमन्त्री हुन् जसले अमेरिकाको मेडिसन देखि जनकपुरको मैदानसम्म लाखौँ लाख भारतीयलाई सम्बोधन गरेर उनीहरुसँग सिधै जोड्ने काम गर्नु भएको छ ।” यसरी नेपाली भुमि जनकपुरमा आएर २ नं. प्रदेशका मुख्यमन्त्री कै उपस्थितिमा नेपालीहरु बिच भएको कार्यक्रममा भारतीय नागरिकलाई सम्बोधन गरेको संज्ञा दिनु घोर आपतीजनक र खेदजन्य छ । त्यस प्रकारको अभिव्यक्तितत्काल सच्चाउन चेतावनी दिन चाहन्छौँ । यो स्मरण छ की मोदी नेपाल भ्रमणमा रहेका बेला भारतीय सत्तासिन दल भाजपाका सांसद किर्ति आजादले भनेका थिए “जनकपुर सुगौली सन्धिका कारण दुई सय बर्षका लागि नेपाललाई दिएको र अब प्रधानमन्त्री नरेन्द्र मोदीले फिर्ता लिएर मिथिला राज्य गठन गर्नु पर्दछ ।” यसरी एकपछि अर्को गर्दै आएका अभिव्यक्तिलाई हामीले गम्भिर रुपमालिएका छौँ । यस्ता बिषयमा सबै देशभक्त नेपालीहरु संवेदन शिलहुन र राष्ट्रिय सार्वभौमिकताको लागि एकताबद्ध रुपमा संघर्ष गर्न अपिल गर्दछौँ ।
आज अर्थमन्त्री द्धारा प्रस्तुत बजेट भाषणमा युवाहरुलाई रोजगारी दिने, सर्टिफिकेटको आधारमा ऋण उपलब्ध गराउने लगायतका कार्यक्रमहरु प्रस्तुत गरिएको छ, त्यो स्वागत योग्य छ । तर बिगतका सरकारले पनि आकर्षक देखिने कार्यक्रम प्रस्तुत गर्थे तर कार्यान्वयन हुँदैनथ्यो । अहिले पनि त्यस्तै हुने खतरा छ । संबिधानमा समाजबादउन्मुख राज्यको निर्माण गर्ने भनिए पनि नीति कार्यक्रममा र बजेटमा त्यसप्रकारको ठोस कार्यक्रम ल्याइएको देखिदैन । हामीले सरकारले पेश गरेका जनपक्षिय कार्यक्रमलाई कार्यान्वयनको लागि जोड दिन चाहान्छौं ।
….. …………..
अनिलकिशोर घिमिरे
अध्यक्ष