–गिरीप्रसाद बुढा
तैले न्यायकाे पक्ष लिँदा
तैंले सच्चाईकाे बाटाे हिड्दा
पाउनु दुःख पाईस
खानु गाेटा खाईस
तर सुखकाे लागि
गुनासो सुनाएनस्
ईमान गुमाएनस्
स्याबास जिन्दगी !
तँ सधै यसरी नै
न्यायकाे पक्ष लिईरहेस्
सच्चाईकाे बाटाेमा हिडिरहेस्
बरु भाेकै बसिस
बरु पैदल हिडिस
कालाे धनकाे भण्डाफाेर गरिस
भ्रष्टाचारकाे बाटाे भट्काईरहिस
स्याबास जिन्दगी !
तेराे यै बानी राम्राे छ
तँ सधै यस्तै गर्दै गएस
बाजेले बनाएकाे
पुरानै घरमा दिन काटिस
कहिले खाेले, कहिले सिस्नाे चाटिस
तर महल ठड्याउने सपनामा
देश विर्सेर
प्रदेशी भएनस
डि भी भरेर
अमेरिका गएनस
स्याबास जिन्दगी !
त सधै यसरी नै
देशकाे माया गरिरहेस्
कुर्सीकाे माेहमा फसेका
दलालहरुप्रति
घृणा पाेखिस
नेपालकाे रक्षा गर्ने
सिमानाका जनतामा
सम्मान चढाईस
तलाई कुनै पद प्रतिस्था चाहिएन
तँलाई कुनै सेवा सुबिधा दिईएन
तर तँ सधै देशकाे गीत गाईरहिस्
स्याबास जिन्दगी !
तँ सधै यसरी नै
जीवनकाे बाटाे खनिरहेस्
तँ सधै यसरी नै
देशभक्त बनिरहेस्
तँलाई थाहा छ
तैले भन्ने गरेकाे क्रान्ति
तेराे छेउमा छैन
तर पनि त्यै क्रान्तिकाे स्पर्शमा
न राम्राे खाना खाईस
न राम्राे नाना पाईस
तैले सधै अभाव झेलिस
सम्पन्नताकाे रस चाखिनस्
अफ्ठ्याराेमा खेलेर थाकिनस्
स्याबास जिन्दगी !
तँ सधै यसरी नै
सँघर्षकाे दशर्न पढिरहेस्
तँ सधै यसरी नै
क्रान्तिकाे बाटाेमा बढिरहेस्
मितिः-२०७५/९/२८ (बुटवल)