स्पेनमा बाग्लुङ समाजको गठन

0
137

बार्सिलोना । रोजगारी, अध्ययन र व्यवासायको सिलसिलामा स्पेन पुगेका बागलुङेहरुको हालै स्पेनको बार्सिलोनामा सम्पन्न बागलुङेहरुको भेलाले बाग्लुङ समाज स्पेनको गठन गरेको छ ।

नवगठित समाजको अध्यक्षमा राजु थापा, उपाध्यक्षमा दिपक क्षेत्री र रामप्रसाद चालिसे, महासचिवमा नेत्रलाल न्यौपाने, सचिवमा सुदर्शन शर्मा र कोषाध्यक्षमा विकल प्रताप सिंह रहेका छन। समाजको सदस्यहरूमा तुलसी रिजाल, तोप वहादुर खत्री, सुन्दर विष्ट, दिपेन्ऽ केसी, हिरालाल सापकोटा, केदार काडेल, अनिल सापकोटा, राजेन्ऽ काडेल, लक्ष्मण प्रताप सिहं, दुर्गा खनाल, नारायण सुवेदी, दामोदर पौडेल, सिता भण्डारी, सुरेश थापा, राजु काडेल, प्रेम क्षेत्री र फविश्वर गौतम रहेका छन । यसैगरी समाजको सल्लाहकारमा पुष्पराज भण्डारी, विदुर गौतम, दुर्गा शर्मा, सोमनाथ शर्मा, ईश्वर गौतम र एकराज गिरी रहेका छन् ।

बागलुङबाट विभिन्न उदेश्य सहित स्पेन पुगेका बागलुङवासीहरुले जिल्लाको सामाजिक कार्यमा संलग्न हुने उदेश्य सहित उक्त समाजको गठन गरेको बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here