स्पेनको कातालुनिया प्रान्तमा १४ फ्रेबुअरी २०२१ मा सम्पन्न संसदीय निर्वाचनको नतिजा सार्वजनिक, स्वतन्त्र कातालुनिया पक्षधरहरुको सरकार बन्ने सम्भावना

0
215

बार्सिलाेना, स्पेन । कातालुनिया प्रान्तको कुल १३५ सिटमा भएको संसदीय निर्वाचनमा सोसलिस्ट पार्टी अफ कातालुनियाले ३३ सिट र र रिपव्लिकन लेफ्ट अफ कातालुनियाले ३३ सिटमा विजय प्राप्त गरी अग्र स्थानमा आएका छन । यसैगरी टुगेदर फर कातालुनियाले ३२ सिटमा विजय हात पारेको छ ।

कुल ५६,२३,९६२ मतदाता रहेको कातालुनिया प्रान्तमा जम्मा २८,७४,६१० अर्थात कुल मतदाताको ५१.११ प्रतिशत मत खसेको थियो । कुल खसेको मतमा जम्मा २८,३३,६४४ मत सदर भएका थिए भने ४०,९६६ मत अर्थात १.४३ प्रतिशत मत बदर भएका थिए । बदर मत मध्ये २४०२१ पूर्णतः खाली रहेको निर्वाचन समितिमा सहभागिता जनाउनुभएका विश्व कलाकार संघ स्पेन नेपालका अध्यक्ष डिक कार्कीले बताउनु भयो ।

कोविड्को महामारीको संघारमा भएको यस निर्वाचनमा सहभागि भएर यहाँको नयाँ प्रकिया, चुनाबी माहोल, निर्वाचन आचार संहिता, उच्च स्वास्थ्य सुरक्षा सतर्कता जस्ता विषयलाई नजिकबाट नियाल्नु भएका कार्कीले कातालुनियामा भएको यस निर्वाचनबाट आफूले नयाँ खालको ज्ञान तथा अनुभव हासिल गरेको बताउनुहुन्छ ।

निर्वाचनमा विभिन्न १५ वटा पार्टीको सहभागिता रहेको भए पनि जम्मा ८ वटा पार्टीले मात्र प्रतिनिधित्व जनाउन सफल भएका छन् । कुनै पनि पार्टीको एकल बहुमत आउन भने सकेन तर प्रतिनिधित्व गर्ने पार्टीहरुमध्ये स्वतन्त्र कातालुनियाको पक्षधर तिनवटा पार्टीहरुले प्राप्त सिट संख्या जोड्दा भने स्पष्ट बहुमत आउने देखिन्छ ।

चुनाबी माहोल प्राय सबै ठाउँमा शान्त नै रहेता पनि भोक्स पार्टीका उमेद्वारले मतदानको लागि जाँदा केहि महिलाहरुले “फाँसीस्टलाई बहिस्कार गरौं” भनि अर्धनग्न भएर बिरोध जनाएका थिए ।

मतदानको लागि बिहान ९ बजे बाट बेलुकी ८ बजे सम्मको समय तोकिएको थियो । उक्त समयलाइ ३ भागमा गरि समयतालिका निर्वाचन गरी निर्वाचनलाई सहज बनाईको थियो । जसमा बिहान ९ बजे देखि १२ बजे सम्म असक्त बुढाबुढी र बिरामीहरुको लागि तोकिएको थियो भने दिउसो १२ बजे देखि बेलुकी ७ बजे सम्मको समय सामान्य व्यक्तिका लागि तोकिएको थियो । बेलुकी ७ देखि ८ बजे सम्मको समय स्वास्थ्य बिभागको निर्देशन भए अनुसार कोरोनाबाट संक्रमित बिरामीहरुको लागि छुट्याइएको थियो ।

संक्रमित मतदाताको कूल संख्या ८०,००० रहेको थियो । उनीहरुको लागि बिशेष किसिमको साबधानी अपनाएको थियो । दिनभर सामान्य अवस्थामा निर्वाचन भैरहेको थियो जव बेलुकीको सात बज्यो मतदान केन्द्र अस्पताल जस्तै रुपमा परिणत भएको थियो । उक्त समयमा चुनाबमा खटिएका सबै कर्मचारीहरु सबैले अस्पतालकै लुगा लगाएका थिए । मतदान केन्द्र एकाएक सुनसान हस्पिटल जस्तै नरमाइलो बाताबरणको सृजना भएको थियो । मतदानमा सहभागी कर्मचारी, मतदाता सबैले स्पेनको चुनाबी इतिहासमै पहिलो पटक यस्तो घटना भएको बताएका थिए ।

मतदान केन्द्रमा खटिएका कर्मचारीहरू

 Summary of the 14 February 2021 Parliament of Catalonia election results
Parties and coalitions Popular vote Seats
Votes % ±pp Total +/−
Socialists’ Party of Catalonia (PSC–PSOE) 652,858 23.04 +9.18 33 +16
Republican Left of Catalonia (ERC) 603,607 21.30 –0.08 33 +1
Together for Catalonia (JxCat)1 568,002 20.04 n/a 32 +12
Vox (Vox) 217,883 7.69 New 11 +11
In Common We Can–We Can In Common (ECP–PEC)2 194,626 6.87 –0.59 8 ±0
Popular Unity CandidacyA New Cycle to Win (CUP–G) 189,087 6.67 +2.21 9 +5
Citizens–Party of the Citizenry (Cs) 157,903 5.57 –19.78 6 –30
People’s Party (PP) 109,067 3.85 –0.39 3 –1
Catalan European Democratic Party (PDeCAT)1 77,059 2.72 n/a 0 –14
Zero CutsGreen Group–Municipalists (Recortes Cero–GV–M) 12,707 0.45 +0.21 0 ±0
Primaries for the Independence of Catalonia Movement (MPIC) 5,940 0.21 New 0 ±0
National Front of Catalonia (FNC) 4,976 0.18 New 0 ±0
Nationalist Party of Catalonia (PNC) 4,583 0.16 New 0 ±0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here