सोंचेर मात्र शेयर गरौं

0
327
  • केदार शर्मा
केही महीनाअघि मैले फेसबूक मसेन्जरमा एउटा सन्देश पाएा । त्यस सन्देशमा कुनै असाध्य रोगको उपचारका क्रममा रहेको कुनै गरीब बच्चाका लागि रक्तदान गर्न अह्वाह गरिएको थियो । सम्पर्कका लागि काठमाडौंकै कुनै नम्बर दिइएको थियो ।
आफू नियमित रक्तदान भएकाले त्यो आह्वाहनले मलाई छोइहाल्यो । मैले फेसबूक र ट्वीटरमा त्यो आह्वान शेयर गरें । एकैछिनमा कसैले लेख्यो, “यो एउटा फटाहा सन्देश हो, जुन करीब दुई वर्षदेखि यसरी नै घुमिरहेको छ । तर यसमा दिइएका कुनै पनि नम्बरमा फोन नै लाग्दैन ।”
मैले आफ्नो साथी र फ्लोअरहरुसित तत्कालै माफी मागें । त्यो आह्वानको सत्यता जााच्ने प्रयास नै नगरी ‘शेयर’ गरेकाले मलाई पछुतो भयो र त्यसबाट मुक्ति पाउन मैले माफी माग्नै पथ्र्यो । किनभने तयसको सत्यताको जााच गर्ने गाह्रो थिएन । मैले ती नम्बरहरुमा फोन गरिहेरेको भए आफूबाट त्यो गलत सन्देश फैलिने थिएन । तर म त्यसो गर्नतिर लागिना र एक क्लिकका भरमा ‘शेयर’ गरें । सकियो ।
अलि पछि अर्को एउटा त्यस्तै मेसेज धेरै जनाबाट आयो त्यसमा पनि रक्तदानकै लागि आह्वान गरिएको थियो । फोन नम्बर हेरें, फोन नम्बर नै नेपालको होइन । नेपाल बाहिर रक्तदान गर्न व्यवहारिक र कानुनी दुबै हिसाबले सम्भव छैन । तर शेयरकर्ताहरुले नम्बरसम्म नहेरी शेयर गरेका थिए । मैले आफूलाई त्यो मेसेज पठाउने सबैलाई “मेसेज पठाउँदा हेरेर मात्र पठाउन” अनुरोध गरें ।
“तपाईले लाइक वा शेयर गरेमा यो बालकलाई फेसबूकले प्रति शेयर एक सेन्ट दिन्छ, त्यसैले जनी गरेर यो ‘शेयर’ गर्नु होला”  भन्ने खालका अनेक मन छुने कुरा इन्टरनेटको अकाशमा उडिरहेका हुन्छन् । हामीमा करुणा उब्जिन्छ, “मेरो के जान्छ र” भन्ने सोंचेर हामी ‘शेयर बटन’ क्लिक गरिदिन्छौं । वा मानव आकृतिका फल फल्ने बोट ‘नारीलता’ को चार्च चल्छ, “मैले थाहा पाएको रमाइलो कुरा अरुले पनि थाहा पाऊन् न त” भन्ने सोंचेर हामी शेयर गर्छौं । हाम्रो आशय नराम्रो हुादैन तर त्यसबाट गलत सूचना, अन्धविश्वास फैलिन्छ । त्यस्तै ‘शेयरिङ’ का माध्यमबाट ‘सूचनाचोर’हरु हाम्रो कम्प्यूटर वा फोनमा प्रबेश गरिरहेका हुन्छन् ।

इन्टरनेट समुन्द्र हो । यसमा अनेक रमाइला र चाखलाग्दा कुरा पाइन्छन् । ती सबै कुरामा आँखा जानु स्वभाविक हो । तर आफूलाई चाख लाग्यो भन्दैमा सबै कुरा अरुलाई बाँड्नुहुँदैन । फोकटमा पाएका कुरा बाँडेर दानी भइँदैन । अँ, ‘साँचचै नै उपयोगी’ कुरा देख्नासाथ क्लिक गरेर बाँड्नुहुँदैन । सोंचेर मात्र बाँड्नुपर्छ । 

फोकटको शेयरिङ र दुष्परिणाम 
शेयर गर्नु भन्ने शब्दको मुख्य अर्थ आफूसित भएको कुरा बााड्नु हो । आफूसित भएको कुरामा आफ्नो स्वामित्वमा रहेको भौतिक बस्तु वा अभौतिक वस्तु वा अभौतिक कुरा पनि पर्छ । आफूले अनुभव गरेका कुरा वा खुशी वा दु:खका कुरा अरुलाई सुनाउनु पनि शेयर गर्नु हो ।
डिजिटल युग शुुरु हुनुभन्दा अघि पहिले कुनै कागजपत्र वा किताब कसैलाई दिनुपर्दा (शेयर गर्नुपर्दा) भौतिक प्रति वा जे छ त्यो नै दिनुपथ्र्यो, संगितको रेकर्ड वा टेप दिनुपथ्र्यो । वा मन खोलेर सुख–दु:खका कुरा गर्नुपथ्र्यो । त्यसैले पनि अंग्रेजीमा ‘शेयरिङ इज केयरिङ’ अर्थात ‘बाँड्नु भनेकै माया गर्नु हो’ भन्ने कथन चलेको हो । भनिन्थ्यो, “कसैलाई कुनै कुरा दिएको वास्तविक  अनुभूति तब मात्र हुन्छ जब आफूले दिएको कुरा आफूसित नभएका कारण आफूलाई कुनै किसिमको अभाव वा हर्जा भएको अनुभव हुन्छ ।” यसको आशय हो, आफ्ना लागि काम नलाग्ने भइसकेको कुरा अर्कालाई दिनु चाहिं शेयरिङ वा दान वा दिनु होइन ।
तर डिजिटल प्रविधि र इन्टरनेटको माध्यमले अरु धेरै कुरा पजस्तै भौतिक अभौतिकको परिभाषा अत्मलिएको छ र ‘शेयर गर्नु’ को परिभाषा अचम्मसित फेरिदिएको छ । अहिले अरुलाई धेरै, काम लाग्ने कुरा दिन सकिन्छ, र सँगै त्यो करा आफूले पनि उसरी नै प्रयोग गरिराख्न सकिन्छ । यसका लाभ धेरै छन् । यसको खराबी भने एउटै छ र त्यो डरलाग्दो छ । अहिले तत्कालै नसोंची, एउटा क्लिकका भरमा शेयर गर्न सकिन्छ । त्यसका अत्यन्त प्रत्युत्पादक परिणामहरु हुन सक्छन् । २०६१ सालमा इराकमा नेपालीहरु मारिएको घटना जति नै दु:खद थियो, त्यसको प्रतिक्रियास्वरुप नेपालमा भएको हिंसा त्यसको एउटै कारण थियो अनुत्तरदायी शेयरिङ ।
सूचनाचोरहरु
इन्टरनेट भनेको संसारभरका करोडौं कम्प्यूटरलाई आपसमा जोड्ने तर र वेतारको जालो हो । हामी पनि त्यसका अड्ड हौं । इन्टरनेटमा यस्ता यस्ता विधि र प्रविधि छन्, जसले हामीले नचाहे पनि हाम्रो कम्प्यूटर अझ सजिलो गरी फोनमा भएका सूचनाहरु तान्छन् । तपाइले याद गर्नुभएको होला, प्राय: एप्लिकेशन (एप) डाउनलोड गर्दा त्यसले तपाइको ‘डिभाइस’ मा भएका सामग्रीहरुसम्म उसको पहँुच सुनिश्चित गर्न सवीकृति माग्छ । तपाइले स्वीकृति दिनुभएन भने तपाई त्यो एप्लिकेशन चलाउन नै पाउनुहुन्न । हामीलाई राम्रो र उपयोगी एप्लिकेशनहरु ‘सित्तैमा’ दिनेहरुलाई ‘सूचनाचोर’ त नभनौं, तर त्यही विधिका प्रयोग गरेर हाम्रा अभिरुचि, ठेगाना जस्ता विभिन्न कुरा संकलन गरी व्यापारिक निकायहरुलाई सूचना बेच्ने वा त्यसको अरु किसिमले दुरुपयोग गर्नेहरु सञ्जालभरि छ्याप्छ्याप्ती छन् । तपाइले प्रत्येक कुरा ‘शेयर’ गर्दा तिनले तपाईका बारेमा आवश्यक जानकारी पाइरहेका हुन्छन् ।
इन्टरनेट समुन्द्र हो । यसमा अनेक रमाइला र चाखलाग्दा कुरा पाइन्छन् । ती सबै कुरामा आँखा जानु स्वभाविक हो । तर आफूलाई चाख लाग्यो भन्दैमा सबै कुरा अरुलाई बाँड्नुहुँदैन । फोकटमा पाएका कुरा बाँडेर दानी भइँदैन । अँ, ‘साँचचै नै उपयोगी’ कुरा देख्नासाथ क्लिक गरेर बाँड्नुहुँदैन । सोंचेर मात्र बाँड्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here