सेवा सुविधा कटौती र शुल्क वृद्धिको राजमो दाङद्वारा विरोध

0
160

दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा तात्कालिक राप्ती उपक्षेत्रीय अस्पतालले दिदै आएको सेबा सुबिधाको कटौती र शुल्क वृद्धिको राष्ट्रिय जनमोर्चा दाङले बिरोध गरेको छ । जिल्ला समिति दाङ देउखुरीले प्रेस बिज्ञप्ति मार्फत बिरोध गरेको हो ।

जिल्ला अध्यक्ष गणेश आचार्यद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छः “राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानले पाइरहेका सेबा सुबिधाको कटौती गर्ने र चर्को रुममा शुल्क वृद्धि गर्ने कुराले हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण भएको छ ।”

प्रेस बिज्ञप्तिमा अगाडि भनीएको छ ः “अहिलेसम्म पाइआएका सेबा सुबिधालाई निरन्तरता दिने र सेबा सुबिधा कटौती होइन अरु वृद्धि गरि जनतालाई उपचारको सहज बाताबरण बनाउन र शुल्क वृद्धि नगर्न ध्यानाकर्षण गराउन चाहँन्छौं ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here