सेमेस्टर प्रणाली लागु गर्न अनुदान

0
171

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणालीलाई प्रभावकारी रुपमा अघि बढाउने भएको छ । स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागु भए पनि राम्रोसाग सञ्चालन हुन नसकेकाले त्यस्ता क्याम्पसलाई अनुदान थालेको हो ।

त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा.डा. ऋदिश कुमार पोखरेलले उक्त प्रणाली व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि क्याम्पसलाई प्रोत्साहन दिन थालिएको बताए । त्रिविले भौतिक पूर्वाधार बिना स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली सञ्चालन गरेकाले आलोचना हुँदै आएको थियो । स्नातकोत्तर तहमा २०७१ सालबाट केन्द्रीय क्याम्पसमा र २०७२ बाट उपत्यकाका आङ्गिक क्याम्पसमा उक्त प्रणाली सुरु गरेको त्रिविले यस वर्षदेखि देशभरि नै लागु गरेको छ । सेमेस्टर प्रणाली सञ्चालन भए पनि शैक्षिक क्यालेन्डर अनुसार समयमा पढाइ, परीक्षा सञ्चालन र परीक्षाफल प्रकाशित हुने गरेको छैन । त्रिविले ‘उच्च शिक्षा सुधार परियोजना’ मार्फत सेमेस्टर प्रणालीलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको हो । कार्यकारी प्रमुख पोखरेलले प्राध्यापकलाई तालिमदेखि भौतिक पूर्वाधारसम्मका लागि हरेक वर्ष सेमेस्टर पढाउने आङ्गिक क्याम्पसलाई एक लाखदेखि १५ लाखसम्म उपलब्ध गराउने जानकारी दिए ।

त्यस्तै, त्रिविले सेमेस्टर प्रणाली सञ्चालन गर्ने डिन कार्यालयलाई चार लाख, प्रत्येक क्याम्पसलाई एक लाख ५० हजार र प्रत्येक कार्यक्रमका लागि पााच लाख उपलब्ध गराउने छ । यस्तै, विज्ञान सङ्काय पढाउने क्याम्पसलाई प्रति वर्ष तीन लाख र प्रति सेमेस्टर १५ लाख उपलब्ध गराउने योजनाका कार्यकारी निर्देशक पोखरेलले जानकारी गराए । सुरुमा त्रिविले २०३० मा सुरु गरेको सेमेस्टर प्रणाली २०३७ सम्म चलेको थियो । उच्च शिक्षा सुधार परियोजना प्रमुख रामचन्द्र पोखरेलले उक्त र प्रणाली सञ्चालन गर्दा कुनै समस्या नआओस् भनेर प्रोत्साहनस्वरुप अनुदान दिएको जानकारी गराए । उनका अनुसार काठमाडौँ उपत्यकाका आङ्गिक क्याम्पसलाई भने अनुदान दिन थालिसकेको छ । विश्वविद्यालय अनुदान आयोगले भने स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागु गर्ने सामुदायिक क्याम्पसलाई पनि अनुदान दिने भएको छ । आयोगका प्रशासकीय अधिकृत कपिल रिसालले सेमेस्टर प्रणाली सञ्चालन गर्ने सामुदायिक क्याम्पसलाई पहिलो पटक अनुदानस्वरुप कार्यक्रम हेरेर पााच लाखदेखि १५ लाखसम्म दिइने जानकारी गराए ।

आयोगले अनुदानका लागि सेमेस्टर प्रणाली सञ्चालन गर्ने क्याम्पसको प्रस्ताव माग गरेको छ । ‘हामीले सेमेस्टर प्रणाली सञ्चालन गर्ने सामुदायिक क्याम्पसलाई कुन कुन कार्यक्रम सञ्चालन गरेका छौ भनेर प्रस्ताव माग गरेका छौं’ उनले भने । अहिलेसम्म ६५ वटा सामुदायिक क्याम्पसले आवेदन दिएको उनले जानकारी गराए । आयोगले १२२ सेमेस्टर कार्यक्रमलाई अनुदान दिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here