सुरतमा महिला नगर विभाग गठन

0
198

सुरत, १९ अगस्त । गुजरातको सुरत शहरमा रहने नेपाली महिलाहरु संगठित भएका छन् । उनीहरु मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तर्गत महिला बिभागीय समितिको भेला सम्पन्न गरि संगठित भएका छन् ।

नन्दा देवी बिष्टको सञ्चालन तथा शान्तीदेवि तिरुवाको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रम क्षेत्रीय अध्यक्ष बेदबहादुर कार्की, सचिव धुर्ब न्यौपाने, नगर समिति अध्यक्ष भिम साउँदको उपस्थितिमा सम्पन्न भएको थियो ।

भेलाले १५ सदस्यीय जना महिला नगर विभाग गठन गरिएको छ । जसमा: अध्यक्ष– शान्तीदेवी तिरुवा, सचिव– गिता बस्याल, कोषाध्यक्ष– नैना देवि सोनी, सदस्यहरुमा: नन्दादेवि बिष्ट, मिना सोनी , लक्ष्मी सोनी, सुस्मिता गिरी, जुनकला बिक, गौरी बिक, तुल्सी क्षेत्री, राधा सोनी, नन्दकली बिक, धना देवी साही, लक्ष्मी पाण्डे र यतिसरा नेपाली रहेका छन् । सो विभागिय समितिको घोषण नगर अध्यक्ष भिम साउँदले गरेका थिए ।

समितिलाई बेदबहादुर कार्की, नबिन कार्की, पुरन बिक, टोपेन्द्र जिसीले बधाई दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here