सुबमा पनि विरोध सभा सम्पन्न

0
242

माघ १९, सुर्खेत । राष्ट्रिय जनमोर्चाको आयोजनामा देशब्यापिरुपम बिरोध सभा कार्यक्रम अन्तर्गत सुर्खेतमा पनि विरोध सभा सम्पन्न भएको छ । राजमो सुर्खेतको जिल्ला कार्यलय हुँदै मंङगलगढी नेताचोक नगरपरिक्रमा गरी पिपलचौतारामा बिरोध सभा सम्पन्न भएको हो ।

उक्त सभा अनेकि संघका केन्द्रीय उपाध्यक्ष चन्द्र बहादुर केसीको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो । राजमो केस आर बी प्यासी, नेकपा (मसाल) का जिल्ला प्रबक्ता मोहन थापा, राजमो कर्णाली प्रदेशका कोषाध्यक्ष धन प्रसाद देबकोटा, अनेयु संघका धर्मा दानी, अखिल छैठौंका हरी बुढा, अनेम संघ जिल्ला अध्यक्ष कृष्णा कुमारी रावल, अनेट्रेयुका हिरा बिक, अनेजजा सम्मेलनका प्रेम गुरुङ, प्रेम ठाडा लगायतका नेताहरुले सम्बोधन गर्नु भएको थियो ।

लाल बहादुर नेपालीको स्वागत मन्तव्य, बिष्णु शर्माको सञ्चालन र गोबिन्द प्रसाद सुबेदीको अध्क्ष्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

बर्दिया,
राष्ट्रिय जनमोर्चा बर्दियाले पनि जिल्लाको बासगढी बजारमा विरोध सभा सम्पन्न पारेको छ । युवराज ढकालको अध्यक्षता तथा लोक बहादुर राना मगरको सञ्चालनबाट अगाडि बढेको सो विरोध सभामा पूर्व केन्द्रीय सदस्य तुल्सीराम साकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला सदस्य तोयनाथ अधिकारले पनि मन्तव्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here