‘सुधारका कदमबाट म पछि हट्दिनँ’

0
203

लालबाबु पाण्डीत
जनसंख्या तथा बाताबरण मन्त्री
केही होटेल, केही उद्योग, केही अपार्टमेन्टहरुलाई कारवाही गरिएको छ । उनीहरुले बाताबरणीय मूल्यांकन जुन गर्नुपर्ने हो नि ¤ कतिले त्यो मूल्यांकन नै नगरेको, कतिले एक ठाउ“को निम्ती मूल्यांकन गरेको अर्को ठाउ“मा उद्योगै खोलेको र त्यसपछि बाताबरण ऐन छ, नियमावली छ, ऐन नियमावलीको ठाडै उल्लंघन गरेको देखिएको हुनाले गर्दाखेरी कारवाही गरिएको छ । कतिपय हस्पिटलहरुले मापडण्ड पुरा नगरेको स्थिति देखिएको छ ।

मन्त्रि ज्यू ठूलो अस्पताल, होटेलहरुलाई एक लाख पचास हजार जरिमान लगाउनु भाको छ, त्यो बाहेक केही निर्देशन पनि दिएको छ अथवा त्यही एक पचास हजार जरिमानाले सजिन्छन् जस्तो लाग्छ यहा“लाई ?

हामीले अहिले पहिलो चरणमा केही जरिमाना गरेका छौं । केही ठाउ“मा जरिमाना मात्रै हैन, वहा“हरुलाई बाताबरणीय मूल्यांकन गर्नको निम्ती पनि निर्देशन जारी गरेका छौं । जहा“ निर कमजोरी छ र जुन कमजोरी हिंजो गरिएको छ, सुधार्न सक्नेसम्मलाई चाहिं सुधार्न भनेका छौं । र उल्लंघन नर्गको निम्ती हामीले निर्देशन पनि जारी गरेका छौं ।

सस्तो लोकप्रियताका लागि मन्त्रिहरुले यस्ता कदम चाल्छन्, अब मन्त्रिपरिषद विस्तारको कुरा पनि छ, तपाई अर्को मन्त्रालय सम्हाल्ने भएर हतारमा यो कदम त चाल्नु भा हइन नि ?

वर्षौंदेखि फाइल खडा भएर तर कारवाही गर्नको निम्ती पहलकदमी नलिरहेको, सक्रियता नलिरहेको, हिम्मत नदेखाएको स्थिति भएकोले गर्दाखेरी मत जुन दिन जहा“ जे जिम्मेवारी हुन्छ, आफ्नो जिम्मेवारीलाई एक मिनट पनि खेर नफालीकन निरन्तर जिम्मेवारी पूरा गर्ने भएकोले गर्दाखेरी मैले चाहीं मलाई सस्तो लोकप्रियताको कुनै आवश्यकता छैन ।

मन्त्रि ज्यू, निश्चित मापदण्डको पलास्टिकमा प्रतिबन्ध लगाउन नसक्ने राज्यले तपाइले चालेका यस्ता कदमहरुलाई तार्किक निश्कर्षमा पुर्याउन सक्नु हुन्छ, जस्तो लाग्छ ?

हिंजोको दिन समाप्त भए । अब निश्चित मापदण्ड पूरा नगरेका पलास्टिक उत्पादक गर्ने ‘पलास्टिकका झोला यो एरियामा निषेध’ भनेर मैले कुनै पनि साइनबोर्ड देख्नु पर्ने दिन चाहिं अब रहने छैन भन्ने मलाई विश्वास छ र त्यस्ता उत्पादन मै प्रतिबन्ध लाउनु पर्छ भन्ने लागि रहेको छ ।

वायु प्रदुशर्णका लागि क्रशर उद्योग पनि त्यति कै जिम्मेवार भनिन्छ, त्यसप्रति यहा“को योजना के छ ?

अहिले नया“ क्रशर उद्योगको लाइसन्स नदिने गरिकन निर्देशन गरेको छु भने साथै पुरा क्रसर उद्योगहरुलाई मापदण्ड भित्र लिएर आउने कुरा हो ।

अन्त्यमाः मन्त्रि ज्यू तपाईले कारवाही गर्न लागेका क्रशर उद्योगदेखि लिएर यस्ता ठूला होटेल व्यवसायीहरु कुनै न कुनै रुपमा दलहरुका ठूला चन्दा दाता पनि हुन्, तपाइले आगोस“ग खेल्न लागेको, आगोमा हातहाल्न लागेको जस्तो लाग्दैन ?

आगो मात्र हैन, यसलाई ज्वालामुखी ठान्नु हुन्छ भने पनि म ज्वालामुखीस“ग पनि खेल्न तयार छु । मैले राम्रो काम गर्दाखेरी मर्नु पर्छ भने मर्नको निम्ती पनि तयार छु, देश र जनताको निम्ती पछाडि हटने छैन ।
(जनसंख्या तथा बाताबरण मन्त्री लालबाबु पण्डीतस“ग विविसीका गनि अन्सारीले लिएको अन्तर्वार्ता)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here