सिलवासाको ११ औं सम्मेलन सम्पन्न

0
331
सिलवास, १६ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सिलवास नगर समितिको सातौं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले लाल तारा भुजेलको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ ।
जसमा: उपाध्यक्ष– बालकृष्ण चौधरी, सचिव– विजय चौधरी, सहचिव– अर्जुन चौधरी र कोषाध्यक्ष– देब बहादुर सारु रहेका छन् । सदस्यमा क्रमश: सुरेन्द्र राना, मान बहादुर थापा, दिपेश लिम्बु, भारुवेन थापा, वेलसरा धामी, तुलकुमार थापा, जित बहादुर थापा वैकल्पिक अमित चौधरी, अरुण थारु र राम बहादुर थापा रहेका छन् । त्यस्तै सल्लाहकारमा शंकर गोही, दशुराम चौधरी, कुशुम चौधरी र शुकामराम चौधरी रहेका छन् । समितिको घोषणा केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले गरेका थिए ।
कार्यक्रमको अध्यक्षता लाल तारा भुजेलले र सञ्चालन प्रविण काउछाले गरेका थिए । कार्यक्रममा उपस्थित जनसमुदायलाई भारुवेन थापाले स्वागत गरेका थिए ।
प्रमुख अतिथि वेद बहादुर कार्की, विशिष्ट अतिथि प्रेम पौडेल, गोविन्द थापा, रमकला काउछा, क्षेत्रीय समितिका कोषाध्यक्ष कृष्ण कुावर, रक्तिम विभागका हरि काउछा, समाजसेवी जेदुराम सिगदेल रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here