सिरसामा एरिया भेला सम्पन्न

0
281

सिरसा, १४ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सिरसा नगर समिति द्धारा संचालित प्रेम नगर एरिया समितिको प्रथमभेला सम्पन्न भएको छ । शंकर गौतमको अध्यक्षतामा तथा कृष्ण वरालको सञ्चालनमा सम्पन्न भेलामा विभिन्न अतिथीहरुको आशनग्रहण पछि ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनट मौनधारण पश्चात सुरज विकले स्वागत गर्नु भएको थियो ।

एकता समाजको ईतिहास तथा प्रवासमा एकता समाजको महत्व वारे केन्द्रीय समितिका उपाध्यक्ष कपिल खनाल र सदस्य त्रिभुवन भट्टराइले समसामयिक क्लास दिनुभएको थियो ।

भेलाले रवि सैनीको अध्यक्षतामा एरिया समिति गठन गरेको छ । जस्मा: उपाध्यक्ष– संदिप विक, सचिव– तोया घले, कोषाध्यक्ष– पप्पु विक रहेका छन् । त्यस्तै सदस्यहरुमा: नरेश, कविता जीसी, सुरज विक, वैक्ल्पिक सदस्यहरु जनक विक, नारायण शर्मा र गणेश विक रहनु भएकोछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here