सिमा अतिक्रमण र एमसीसी विरुद्ध विरोध सभा हुँदै

0
37

भालुबाङ । सिमा अतिक्रमण र एमसिसी सम्झौताका विरुद्धमा आन्दोलन गर्दै आएका राजनीतिक पार्टी हरुको आयोजनामा दाङको तुलसीपुर , लमही र भालुबाङमा फागुन १५ गते दिउँसो १ बजे बिरोध सभा हुने भएको छ ।

उक्त आन्दोलनरत राजनीतिक दलहरुको घोराहीमा बसेको जिल्ला स्तरिय बैठकले कार्यक्रमको तय गरेको हो । केन्द्रले स्थानीय स्तरमा गर्न तय गरेको कार्यक्रम अन्तर्गत सो कार्यक्रम हुन लागेको हो ।

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको बैठकमा ने क पा मसाल का जिल्ला प्रबक्ता भरत भण्डारी ने क पा क्रान्तिकारी माओवादी का जिल्ला सचीव रामजि चौधरी ने क पा मालेका जिल्ला सचीव नेत्रप्रकाश पान्डे देशभक्त जनगणतान्त्रीक मोर्चाका जिल्ला अध्यक्ष नरेन्द्र बन्जाडे लागायतको उपस्थिति रहेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here