सिमानामा तिब्र परिवर्तन “जोगिटारी गाउँ”

0
244
  • बाबु रोका मगर

आजको समयमा हरेक नागरिकलाइ चाहिने बिकास हो तर बिकासको विकल्प के होत? साधरणतय भन्नुपर्दा गाँउघरमा सिचाइ बाटोघाटो बिजुली बत्ती स्वाथ्य चौकी र विध्यालय आदि । पहिले प्युठान जिल्ला त्यसपछि अर्घाखाँची जिल्ला असुरकोट गाबिस वार्ड नम्बर-९ गणतन्त्र पछि अहिलेको नयाँ नाम अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड नम्बर-५ मा अबस्थित एउटा सुन्दर बस्ती “जोगिटारी गाउँ” राजा महाराजाको पालामा जोगिहरुले कुटि बनाएर बसेको एउटा टार थियो त्यसपछि बिस्तारै नाम जोगिटारी बन्न पुग्यो ।

कुनैबेला यो गाउँका छोरा मान्छेहरुलाइ अन्य गाउँबाट छोरी दिन पनि नचाहने ठाउँ थियो कारण बस्ती सानो गाँउको दुवैतिर खोला थिए आवतजावत गर्नलाइ समस्या अर्को कारण गाँउ पहाडको फेदमा भएको कारण बढी गर्मी हुने औलो लाग्छ औलो एक प्रकारको बिमार थियो त्यसैले हुनुपर्छ भन्ने अनुमानित गरिएको गाँउका बुढापाकाहरुले बताउछन वारिपारी खेतिपाती गर्दा ज्यानको बाजि राखेर खोला तरेर हिड्नुपर्ने बिधालय जाँदा पनि खोला तर्नै पर्ने कुनै समय वर्षा र भेलको कारण असार देखि भदौ सम्म स्कुल जान नपाउने स्थिती थियो । अहिले यहि गाउँ सबैको प्यारो हुँदै गएको छ मगरै मगरहरुको बसोबास रहेको यो गाँउमा बाटो, आजको समयमा उज्यालोको लागि बिजुली बत्ति, १२ महिना सिचाइ गर्न सकिने पानीको ब्यबस्था नजिक पायक पर्ने बनजंगल र नुहाउन धुलाउन छापे खोला र खाकाबेसी खोला योग्य बनेको छ ।

चैत बैशाखमा डाँडापाखामा पानीको मुहान सुक्दा धेरै समस्या खेपेको देखिन्छ तर यो गाँउका मानिसहरुलाइ अहिलेको समयमा त्यस्तो कुनै चिजको अभाव भएको महसुस कमि भएको छैन । खुम बहादुर रोका मगरको अध्यक्षतामा हालै निर्माण गरिएको नयाँ मोटर बाटोले गाँउलाइ अझै बढि शोभा र सुबिधा हुने भएको स्थानिय युवा महेश बुढा मगर ले बताए खोलामा झोलुङ्गे पुल र पक्की पुलको निर्माणले झनै सोभा बढेको छ । कमि छ त केवल नजिक विधालय र स्वास्थ्य चौकी को फेरिपनी यो गाँउका जनताले त्यो पनि आशा गरेको छ कि गाँउमा एक दिन स्वास्थ शिक्षा र सुरक्षा को पनि ब्यबस्थापन हुनेछ ।

पहाडी भेकको पुर्व पश्चिम राजमार्ग मुख्य बाटो नै यहि गाउँ हो दुइटा जिला अर्घाखाँची र प्युठानको सिमानामा भएकोले पुठानको रिङरोड बनेको छ प्युठान जिल्लाको सदरमुकाम खलंगा बाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क सम्म दैनिक गाडिको सुबिधा छ त्यति मात्र होइन कपिलवस्तु को कृष्णनगर बाट जोगिटारी र अर्को दिन बिहानै सिधा बुटवलको लागि बसको सुबिधा छ । कुनैबेला दिउसमा पनि डर लाग्ने ठाउँ आजकल जहिलेपनी रमाइलो हुँदा यस गाँउका बासिन्दाहरु अहिलेको तिब्र बिकासले हर्षित भएका छन ।

हालै गाँउकै युवाहरुको ग्रुपले यहि गाँउको अछिन्ते को भुतादुलो गुफा को सर्बेक्षण गरेका थिए यो गुफा प्रचारप्रसार को अभावमा ओझेलमा परेको छ गुफालाइ ब्यबस्थापन गर्न गाँउका ब्याक्तिहरु लागिपरेका छन बजेट र उपकरणको अभावमा काम अघि बढ्न नपाएको स्थानिय बासिन्दाहरुको भनाइ छ । जोगिटारी गाँउ भबिश्यमा प्युठान जिल्ला र अर्घाखाँची जिल्लाको पर्यटन क्षेत्र बन्ने सम्भावना बढी देखिएको छ । अर्घाखाँची को सुपा देउराली जस्तै प्युठान को बिजुलीकोट र स्वर्गद्दारी लाई पनि यो क्षेत्रले राम्रो प्रभाव पार्नेछ । आशा छ समाचारले यो ठाँउको बिकास का निम्ति सरकार र सरोकारवाला हरुको ध्यानाकर्षण गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here