सिंगारिएको अपुर्ण सुन्दरता

0
219
  • श्रृजना जिसी

घाँटीमा माला छ
जिम्मेवारी, कर्तव्य
आस्था , माया
सबै सबै जडित
तर पनि
यो सुन्दर छैन
यसले सजिएको त छु
भन्छ्न,
सुन्दर देखिएकि छु रे
तर
कमि महसुस हुन्छ
खल्लो सुन्दरताले होला
केहि नपुगे जस्तो
खल्लो खल्लो छु
बेखुस छु
अलिकति खुसी पनि
भन्छ्न्,
तिमी सिँगारिनुपर्छ
यो माला सुन्दर छ
अनि तिमी यस्मा ब्युटिफुल
तर,
मलाई यो अपुर्ण सुन्दरताले
पोलेको छ
घोँचेको छ
बिझाएको छ
अन्यौलमा छु
माला निकालेर राखुँ या
छुटिएका फुलका थुँगा
जोड्ने अभियानमा जुटुँ
मलाई यो माला अनि
मालाबाट चटक्क अलगिएका
ति सुन्दर फुलहरु चाहिएको छ
ति सबै फुलहरु जोडेर
एउटा सुन्दर माला चाहिएको छ
मलाइ यो अपुर्ण सुन्दरताले
अपुर्ण महसुस गराको छ
जिन्दगीमा पहिलो पटक
खल्लो लाग्दैछ
नपुगेको सुन्दरताले
जिन्दगीमा पहिलो पटक
कुरुप यि फुल पनि छैनन्
जुन मेरो जिम्मेवारीको गलामा छ्न्
तर
छुटेका फुल नि उत्तिकै सुन्दर छ्न्
मलाई सबै फुल चाहिएको छ
सिंगो माला चाहिएको छ
सुन्दर माला चाहिएको छ
मैले भनेर हुने भए
मैले समेट्न सक्ने भए
सबै फुल जोडेर
सबै फुल सजाएर
बनाउँथे सुन्दर माला
जोड्थेँ सुन्दर माला
अनि हुन्थेँ पुर्ण
रहने थिएन अपुर्ण
ए,
छुटेका सुन्दर अनि प्रीय फुलहरु
मेरो अपुर्ण माला
तिमीलाई कुरीरहेछ
पुर्णताको अभिलाषा बोकेर
आउ न
मिलेर बाँडौ सुन्दरता
मिलेर गाँसौ एकताको माला
यो अपुर्ण मान्छे
तिमीलाई कुरीरहेछ
आउ है
आउ है 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here