साहित्य: स्वरुप र विचार

0
215
  • शशिधर भण्डारी
         पुनर्जागरणकाल यूरोपको इतिहासमा एउटा युगान्तकारी काल थियो । चैधौं शताब्दीदेखि सोहªौं शताब्दीसम्मको यो समयले लामो अन्धधार्मिक जडता र इश्वरवादको विरुद्धमा कर्मको झण्डा उठाएको थियो । यो अवधिका विद्वान तथा अन्वेषकहरुले प्रमाण र तर्कका बलमा मध्ययुगीन धार्मिक जडताको खिल्ली उडाएका थिए । त्यतिबेलासम्मको साहित्य पनि पुरोहितवादमा आधारित थियो, जुन साहित्यको मुख्य जोड महाजन र ठालुहरुको सेवा नै थियो ।
             धर्मनिर्देशित साहित्यको ठाउँमा पुनर्जारण साहित्यको धारणा व्यापक सरस र सुन्दर देखिन्छ । पुनर्जागरणकालले साहित्यमा एउटा नविन चेतना फैलायो, जसको आधार धर्मनिरपेक्षता थियो । त्यसपछि नै फ्रान्सेलीहरुले साहित्यलाई समाजको दर्पणका रुपमा व्याख्या गर्न थाले । पुनर्जागरणकालिन साहित्य धर्म र यथास्थितिको आलोचक छ । त्यतिबेलाका प्रकाण्ड साहित्यकार परासमसले आफ्ना रचनाहरुमा पादरीहरुका अनैतिक जीवन र व्यवहारको निन्दा गरेका थिए । टामसमूरले अन्धधार्मिक परम्पराबाट जकडिएको इङ्ग्ल्याण्डलाई छुटकारा दिनुपर्दछ भनेर आदर्श राज्यको परिकल्पना गरे । पुनर्जागरणकालभन्दा पहिले नाटकको रचना पनि धार्मिक परम्परामा नै आधारित थियो । पुनर्जागरणकालिन नाटककार प्लाट्सले नाटकलाई मानव जनजीवन, संस्कृति र देशभक्तिको धरातलमा उभ्याएका थिए । प्राचीन युनानको दर्शन, साहित्य र राजनीतिबाट पुनर्जागरणकाल जति ऋणि छ, ठीक त्यही मात्रामा आजको आधुनिककाल पनि पुनर्जागरणकालको ऋणि छ । आजको प्रगतिवादी साहित्यको उद्गम बिन्दु पुनर्जागरणकालको सेरोफेरोमा भेटिन्छ तर पनि पुनर्जागरणकालका लेखक तथा साहित्यकारहरु केही स्वच्छन्द भएको देखिन्छ । उनीहरु लेखनमा निकै स्वतन्त्र थिए । उनीहरुलाई कुनै ठोस दार्शनिक तथा सैद्धान्तिक विचारधाराले निर्देशित गर्न सकेको थिएन । उनीहरु भावनामा उम्लन्थे, बग्थे र यथास्थितिवादी जडताको विरोधमा आक्रोश पोख्थे । पुनर्जागरणकालका एकजना विद्धान मौतेन आफ्नो चित्र आफै बनाउनुपर्दछ भन्ने मान्यता राख्थे । धार्मिक अन्धताको विरोधमा पुनर्जागरणकालीन साहित्यले आवाज उठाएतापनि त्यो साहित्यले वर्गीय पक्षधरता र अनिश्वरवादलाई पक्रन सकेन । जसको परिणाम पुनर्जागरणकालीन साहित्यको ठूलो महत्वका बावजुद यसको दार्शनिक आधारशिला आदर्शवाद नै रह्यो ।
                  उन्नाइसौं शताब्दीमा आएर सुव्यवस्थित इतिहास लेखनको शुरुवात भयो । इतिहासकारहरुले पनि इतिहास लेखनमा साहित्यको अवधारणालाई समेट्नंे काम गरेनन् । बिसौं शताब्दीका इतिहासकार स्प्रेंगलरले इतिहासमा साँस्कृतिक र मानव सभ्यताको इतिहासलाई जोडे । उनको यो नयाँ दृष्टिकोण द डिकलाइन अफ दि बेस्ट-मा प्रतिपादन गरे र उनले मानव संस्कृतिलाई 8 भागमा बाँडे । तर मानवजातिको इतिहासमा घट्ने घटना तथा परिघटनाहरुमा साहित्यको भूमिका महत्वपूर्ण हुन्छ भन्ने कुरामा उनको ध्यान पुगेको पाइन्न । इतिहासकार टायनबीले अ स्टडी अफ हिस्ट्री भन्ने पुस्तक लेखेर स्प्रेंगलरको इतिहासमा संस्कृति जोड्ने परम्परालाई अगाडि बढाए । स्प्रेंगलरले 8 भागमा बाँडेको मानव संस्कृतिलाई टायनबीले 23 भागमा बाँडे तर उनले पनि इतिहासमा साहित्यको भूमिका, पक्षधरता वा साहित्यको स्वरुपबारे प्रकाश पारेनन् । तसर्थ साहित्य कैयौं कालसम्म धार्मिक जडतामा आधारित रह्यो । पुनर्जागरणकालमा यसले आधुनिकता र नविनतालाई समात्यो । आखिर जे भएतापनि प्राचीन युनानी सभ्यताको समयदेखि नै साहित्यले मानवजातिको उत्थान र पतन, घटना र परिघटनाहरुमा मात्र होइन, सिङ्गो मानवसभ्यताको विकासमा नै साहित्यले मानव सभ्यताको एउटा अङ्गको रुपमा भूमिका निर्वाह गर्दै आएको छ । युनानी सभ्यतादेखि नै साहित्यमा श्रृङ्गारिक धाराका रुपमा प्रेम र यौन साहित्यले आफ्नो स्थान राख्दै आएको छ । मध्यकालको बर्बर युगमा पुरोहितवादी साहित्य र संस्कृतिको बोलबालामा पनि प्रेम र यौन साहित्यले एउटा ठूलो हाँगोको रुपमा विकास गरि नै रह्यो, चाहे जुनरुपमा होस् । 18-औं र 19-औं शताब्दीमा प्रेम र यौन साहित्यले काफी विकास गरेको पाइन्छ । त्यसभन्दा अगाडिका सेक्सपियरदेखि चेखवसम्मका साहित्यकारहरुले मान्छेको अन्तःस्करणमा प्रवेश गरेर जति साहित्यको निर्माण गरे, त्यही साहित्य नै आजको एकथरि प्राज्ञिक जगतको बौद्विक पूँजीका रुपमा रहेको छ । यो साहित्यले आदर्शवादी धरातलमा मानवीय उद्वेगको मात्र प्रतिनिधित्व गरेको छ । मनोवैज्ञानिकरुपमा अन्तर कुन्तरमा पसेर हेर्दा यो साहित्यले मान्छेलाई सरस र भावुक बनाउने कुरामा शङ्का छैन । समाजको चित्र राम्ररी उद्घाटन गरेपनि 18-औं र 19-औं शताब्दीको पश्चिमी बुर्जुवा साहित्यले श्रमिक जनताको पसिनाको मूल्य खोज्ने आदर्शतिर डोÚयाउदैन । यो साहित्यले अति गÚयो भने वैराग र निराशा पस्कन्छ र केही मानवता पनि । जसलाई महान् नाटककार सेक्सपियररुपी साहित्यको एउटा मूली हाँगो भन्न सकिन्छ ।
                      वास्तवमा साहित्य र कलालाई मात्र होइन, मानवजातिको सिङ्गो संस्कृतिलाई समेत सर्वप्रथम वर्गीय आलोकमा हेर्ने काम माक्र्स र एङ्गेल्सबाट नै भयो । जब माक्र्स र एङ्गेल्सले साहित्य र कलाले वर्गचेतन मजदूरवर्गको मुक्ति-आन्दोलनको शङ्खघोष गर्नुपर्ने विचार अगाडि सार्नुभयो, त्यसपछि साहित्यमा एउटा प्रतिक्रियावादरुपी विरोधी शिविर देखा पÚयो । त्यसपछाडिका दिनहरुमा दुनियाँमा साहित्य र कला वर्गीय स्वरुपमा रहँदै आएका छन् भन्ने मान्यता रहेको छ । माक्र्स र एङ्गेल्सले व्याख्या गरेको साहित्य र कलाबाहेक सन् 1905 मा लेनिनले लेख्नुभएको ”पार्टी, सङ्गठन र साहित्य“ र माओले सन् 1942 मा येनानमा दिनुभएको ”साहित्य र कलाबारेको प्रवचन“ अन्तर्राष्ट्रिय प्रगतिवादी साहित्यीक आन्दोलनको धारामा निकै छोटा तर साहªै लोकप्रिय खजाना मानिन्छन् ।
                     सामाजिक रुपान्तरणको आन्दोलनमा साहित्यको महत्वलाई लेनिनले अग्रस्थानमा राख्नुभएकोे छ । म्याक्सिम गोर्कीको आमा उपन्यासको चर्चा गर्ने क्रममा लेनिनले गोर्कीको आमा उपन्यासको कारणले रुसको समाजवादी क्रान्तिलाई 10 वर्ष वर तान्यो भन्नुभएको थियो । यो भनाईबाट लेनिनले साहित्यीक आन्दोलनलाई क्रान्तिकारी आन्दोलनको एउटा उर्जा ठान्नु हुन्थ्यो भन्ने प्रष्ट छ । लेनिन साहित्यको स्वतन्त्रताबारे पनि बोल्नुभएको छ । उहाँले साहित्यमा पार्टीमा जस्तै बहुमतले अल्पमतमाथि विचारधारात्मक नेत्तृत्व गर्न पाउने कुरालाई सम्भव देख्नुहुन्न तर उहाँले आफ्नो ”पार्टी, सङ्गठन र साहित्य“ भन्ने रचनामा ”गैर-पार्टी लेखक मूर्दावाद !“, ”साहित्यीक महामानव मूर्दावाद ! “ भनेर स्वच्छन्दतावादको कडा आलोचना गर्नुभएको छ । लेनिनको तर्क छ- ”साहित्य सर्वहारावर्गको साझा उद्देश्यको अङ्ग बन्नुपर्दछ, समस्त मजदूरवर्गको, सम्पूर्ण वर्गचेतन अग्रदलद्वारा स´्चालित अभिन्न महान् सामाजिक जनवादी मशिनको दाँत र पेच हुनुपर्दछ ।“ वर्गीय अवधारणालाई छोडेर स्वतन्त्र लेखन र स्वतन्त्र साहित्यको दावा गर्ने बुर्जुवाहरुको दावीलाई दुनियाँभरिका माक्र्सवादी-लेनिनवादीहरुले स्वीकार गर्न सक्दैनन् । लेनिनले स्वतन्त्र र अवर्गीय साहित्यको दावीलाई पाखण्ड बताउनुभएको छ र उहाँले लेख्नुभएको छ- ”पैसाको बलमा टिकेको समाजमा त्यस्तो समाज जहाँ श्रमिकहरुको विशाल समूह गरिबीको मार खेप्दैछन् र मुट्ठीभर महाजनहरु मस्तीको जीवन बिताउदैछन्, वास्तविक स्वतन्त्रता हुनै सक्दैन ।“ माओले पनि सन् 1942 मा येनानको गोष्ठीमा सहित्यमा वर्गीय पक्षधरताका विषयमा प्रवचन दिनुभएको थियो । उहाँले साहित्यलाई क्रान्तिकारी आन्दोलनको एउटा मोर्चाको रुपमा व्याख्या गर्नुभएको छ र वास्तविकरुपमा साहित्यीक सामग्री जनसमुदायको माझमै हुने बताउनुभएको छ ।
               यसबाट प्रष्ट हुन्छ कि दुनियाँभरिका माक्र्सवादी-लेनिनवादीहरुले साहित्यलाई खालि मनोर´जनको साधन होइन, एउटा प्रगतिवादी र अग्रगामी आन्दोलनका रुपमा लिन्छन् । बुर्जुवाहरुले साहित्यको स्वरुप स्वतन्त्र र निस्पक्षताको दावी गर्दछन् तर वास्तविकरुपमा उनीहरुले भन्ने गरेजस्तो गरि साहित्य स्वतन्त्र र निस्पक्ष हुदैन । उनीहरुका कथित स्वतन्त्र साहित्यले जहिले पनि श्रमजीवी जनताको मुक्ति-आन्दोलन र अधिकारको विपक्षमा भूमिका खेलेर प्रतिक्रियावादी राज्यसत्ता टिकाउन कसरत गरिरहेको हुन्छ । हामी नेपालकै सन्दर्भमा पनि प्रतिक्रियावादीहरुको साहित्य तथा सङ्गीतको एउटा धारा उदाहरणका रुपमा दिन सक्दछौं: ”श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति श्री 5 महाराजधिराजको सदा रहोस् उन्नति“ -यसलाई नेपालको प्रतिक्रियावादी सत्ताले कथित राष्ट्रिय गान भन्दछ । अर्को प्रगतिवादी धाराको साहित्य र सङ्गीतका शब्दहरु पनि उदाहरणका रुपमा दिन सक्दछौं: ”मसिनो मीठो चाहिंदैन, पिठो भएपनि देऊ, महल हामीलाई चाहिंदैन, झुप्रो भएपनि देऊ“ -यो रक्तिम परिवारको आवाज हो । यसबाट मात्र पनि माक्र्स, एङ्गेल्स, लेनिन र माओले साहित्य स्वतन्त्र छैन, वर्गीय छ भनेर जुन व्याख्या, विश्लेषण गरेका छन्, यसले वास्तविकरुपमा एउटा यथार्थ र वैज्ञानिक विचारको प्रतिनिधित्व गर्दछ । तसर्थ आजको साहित्य परस्पर विरोधी दृष्टिकोणमा विभाजित छ ।
               आज हामी एक्काइसौं शताब्दीको शुरुवातमा छौं । बुर्जुवा धारामा देखा परेका स्वच्छन्द प्रेम र यौन साहित्य हुदै अहिले प्रतिक्रियावादी संस्कृतिको स्वरुप उपभोक्तावादका रुपमा छाएको छ । विशाल समाजवादी साहित्य र संस्कृतिका धरोहरका रुपमा रहेका रूस र चीनजस्ता मुलुकहरुमा प्रतिक्रान्ति भएको छ । लेनिन र स्टालिनको रूस र माओको चीनका छोरीहरु अहिले नितम्ब नाप्त, छाती खोल्न र नाङ्गै सडकमा उफ्रन व्यस्त छन् । पैसाका लागि तिनीहरु हजारौं पुरुषहरुका अगाडि फटाफट कपडा खोलेर नाङ्गै उभिन कुनै सङ्कोच मान्दैनन् । महिलाहरुको सामाजिक मुक्ति, स्वतन्त्रता र समानताको संस्कृतिलाई उपभोक्तावादी संस्कृतिले खर्लप्पै निलेको छ । आज तिनीहरुको नारी स्वतन्त्रता यौन स्वतन्त्रता र सम्बन्ध विच्छेदको घेरामा कैद हुन पुगेको छ । यस्तो कला, साहित्य र संस्कृतिले भूमण्डलीकरणको रुप लिन पुगेको छ । जसको परिणाम यो भएको छ कि त्यसप्रकारको साहित्य र संस्कृतिले साइबर र टिभी च्यानलमार्फत् कोठा-कोठामा प्रवेश गरेर सीधै हाम्रो मस्तिष्कलाई प्रभावित पारेको छ ।
                आधुनिक साम्राज्यवादी शोषणका औजार भूमण्डलीकरण, निजीकरण र उदारीकरणलाई बचाउन र प्रगतिवादी साहित्य र साँस्कृतिक आन्दोलनको घाँटी निमोठ्न उद्यत रहेको उपभोक्तावादी साहित्यसँग मुकाबिला गर्ने काम अहिले निकै कठिन हुदै गैरहेको छ । किनभने आज हामी एउटा त्यस्तो युगमा बाँचिरहेका छौं, जहाँ समाजवादी साहित्य र संस्कृतिका धरोहरहरु ढलिरहेका छन् । हाम्रा अगाडि पराजय र प्रतिक्रान्तिको तस्वीरमात्र छ । तर यो अस्थायी कुरा हो । जसरी धर्मको आडमा बाँचेको स्तुतीवादी साहित्यको स्थानमा पुनर्जागरणकालमा आएर करिब 200 वर्षको कठिन चुनौतीपूर्ण सङ्घर्षपश्चात् एउटा धर्मनिरपेक्ष साहित्य, संस्कृति र चेतना स्थापित भएको थियो, त्यसैगरी साम्राज्यवादी उपभोक्तावाद र पूँजीवादी दाश साहित्य र संस्कृतिको स्थानमा एक शुन्दर, प्रगतिशील र रुपान्तरणकारी साहित्य र संस्कृतिको स्थापना हुनेछ । त्यसको लागि अजय शक्ति जनता हो । माओले येनानको गोष्ठीमा भनेजस्तै हामी साहित्य र संस्कृतिको वास्तविक चीज खोज्न जनसमुदायका बीचमा जानुपर्दछ- सुतेका मनुवाहरुलाई जगाउनुपर्दछ । पुनः यो  विपर्यको अवस्थामा नयाँ शिराबाट काम गर्न थाल्यौं भने उपभोक्तावाद कोठे र विकृत साहित्य र संस्कृतिको स्थान उज्ज्वल प्रगतिवादी साहित्य, कला र संस्कृतिले लिनेछ । ऐतिहासिक द्वन्दात्मक भौतिकवादी विश्व दृष्टिकोणले यही कुरा बताउछ । एकपटक विजय गरेको शक्ति अर्कोपटक पराजयको शिकार हुन्छ, एकपटक पराजय भएको शक्ति अर्कोपटक विजयको शिखरमा पुग्छ । रुपान्तरणकारी कुनै पनि आन्दोलन विजय, पराजय, हार-जीत हुदै अगाडि बढ्दछ । त्यो कुरा प्रगतिवादी साहित्यीक आन्दोलनका लागि पनि सत्य हो । अहिले प्रतिक्रियावादी साहित्य र संस्कृतिका तुलनामा कमजोर देखिएतापनि आखिर प्रगतिवादी साहित्य र साँस्कृतिक आन्दोलन निरन्तर चलि नै रहेको छ । उपभोक्तावादी संस्कृतिले जन्माएको विकृतिले नै नग्न होइन, कपडा पहिरेको उच्च नैतिक समाज, भावनात्मक र मानवतामा आधारित परिवार, साम्राज्यवाद, पूँजीवादी शोषणरहित विश्व निर्माण गर्ने दिशामा क्रियाशील प्रगतिवादी साहित्य र संस्कृतिको खोजी गराउन बिवश पार्नेछ । हामीले पूँजीवादको पुनस्र्थापना भएको मुलुकको अवस्था देखिरहेका छौं । पूर्वी जर्मनीका युवाहरु पश्चिम जर्मनीको बे्रथलेे वेश्यालयमा स्वतन्त्रतापूर्वक प्रवेश गर्न पाएकोमा पक्कै गर्व गर्दैनन् । 12 वर्षको उमेरमा मस्को शहरको बीच स्क्वायरमा देह व्यापार गर्न बिवश रुसी छात्रा पक्कै पनि खुशी छैनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here