सारेगामापामा मेनुका पौडेलले जजहरुलाई रुवाइन् (भिडियो सहित)

0
494

नई दिल्ली । २०५६ सालमा पूर्वी नेपालको झापाको हल्दीवारी गाउँपालिका वडा नम्बर ४ जलथलमा माता चम्फा पौडेल र पिता टिकाराम पौडेलको कोखबाट पहिलो सन्तानको रुपमा भएको थियो । मेनुका जन्मजात नै दृष्टि विहिन हुन् । एक सामान्य परिवारमा मेनुकाले सांगित क्षेत्रमा बाढि नै ल्याएकी छिन् ।

नेपाल आइडियलको पहिलो सिजनमा टप ११सम्म पुगेर बाहिरीएकी मेनुकाले विभिन्न सांगितिक एल्वमहरु बाहिर ल्याएकी छिन् । उनले नेपाली मुभिहरुमा समेत आफ्नो मिठो स्वरभरेकी छिन् ।

उनको त्यो मिठो सुमधुर स्वर नेपालमा मात्र सिमित रहेन । उनी यतिवेल भारतको Zee TV ले सञ्चालनमा ल्याएको सारेगामापा मा समेत अडिसन दिएकी छिन् ।

जाने क्या बात है,
निंद नहीं आति, जाने क्या वात है

बोलको गीत उनले अडिसनमा गाउँदा जजहरुले आँखाभरी आँशु ल्याए, अधिकतम ज्यूरीहरु रोए । जज शेखर त बोल्न पनि सकेनन्, उनले आफूलाई मेनुकाको अगाडि अत्यन्तै सामान्य भएको बताए । उनले आफूलाई त्यति धेरै सांगित क्षेत्रमा शिक्षित नमानेको समेत बताए ।

मेनुकाले आफ्नो गायकीबाट ज्यूरीहरुलाई अत्याधिक प्रभाव पारिन् र १०० मा १०० नम्बर पाएर मेघा अडिसनमा प्रवेश पाएकी छिन् ।

भारतीय टिभी सो सारेगामापामा धमाका मच्चाइन मेनुकाले !! जर्जहरु पनि राेए !!

नेपाल आइडलले नचीनेकि Menuka Poudel मेनुका पौडेलले भारतीय ZeeTv सो सारेगामापामा धमाका मच्चाइन् । जर्जहरु पनि राेए । दष्टिबिहिन मेनुका हाम्रो नेपाल (झापा) काे सान । कृपया सबैले Like र Share गराैँ

Posted by AAMA TV on Saturday, October 20, 2018

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here