सामाजिक संगठनहरुले राहत स्वरुप डेढलाख रुपैयाँ दिलाए

0
869

चण्डीगढ । भारतमा रहेका विभिन्न सामाजिक संगठनहरुको संयुक्त पहलमा एक नेपाली मजदुरलाई राहत स्वरुप रु. १ लाख ५० हजार नगद दिएका छन् ।

प्युठान जिल्ला मालारानी ४ सारीवाङ, धर्मपानी निवासी हाल भारतको चंडिगढ प्लाट नम्वर ८ इन्डस्ट्रियल एरिया फेस २ मा विगत १२–१३ वर्षदेखि कामगर्दै आएका दिर्घ वहादुर रानाका साइला छोरा विजय राना लामो समयदेखि पिलिया रोगबाट पिडित थिए । उनको गत ३० मार्च २०१८ को कम्पनिभित्रै निधन पछि कम्पनी मालिकसँग मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, प्रवासी संघ, एकता मंच र वेलफेयर सोसाइटीको संयुक्त पहलमा सो रकम दिलाएको हो ।

विजयको निधन पछि कम्पनि मालिकले विना मुआवजा पुरा परिवार स्वदेश पठाउने कोशिस गरिरहेको खबर उल्लेखि सामाजिक संघ संस्थाहरुलाई प्राप्त भए पछि उक्त सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले कम्पनी मालिकलाई भेटेर वार्ता गरेका थिए ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढका दिनेश खडका, थमन थापा, पुरन थापा र खिमराज चालिसे तथा मूल प्रवाह अम्वाला न.स.का प्रेम रसाली, कमल सुवेदी, रामबहादुर सुवेदी र गणेश सुनार घटना स्थलमा पुगेका थिए । प्रवासी संघ, एकता मंच र वेलफेयर सोसाइटी का साथीहरुसँग सामजस्यता गरिएको थियो । दिनेश खडका, खिमराज चालिसे, ठाकुर प्रसाद भुसाल, मिना पोख्रेल र खेमचन्द शर्मा सम्मिलीत ४ संगठनका प्रतिनीधी मण्डल र मृतकका दाइ संतोष राना तथा श्रीमती मिना राना एवं मालिक राजेश मनचन्दा र आयुस मनचन्दा विच लामो छलफल पछि मृतकका आश्रीत १ जनालाई नोकरी दिने तथा वस्न कमरा दिने, मृतकको दाहसंस्कार खर्च र सवै परिवारलाई नेपाल पठाउने लगायतका खर्च दिने तथा त्यसको अतिरिक्त रु एकलाख पचास हजार भारु नगद दिने गरि मालिकसँग सम्वाद गरि पिडित परिवारलाई सहयोग गरिएको छ ।

स्मरण रहोस् मृतक विजय रानाका २ छोराहरु मनु राना १८ अर्जुन राना १३ छने भने एक छोरी जानकी राना १० बर्षकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here