सामन्ती किल्लाहरू

0
167

केशव गाहा, पाल्पा

हिँड्दा हिँड्दै लडखडाएर खुट्टाहरू
भाग्दै छन मैदान बाट सहयोद्धाहरू

पूँजीवादी बादल भित्र हराउँदै छन
नौलो जनवादी क्रांतिका नाराहरू

समाजवाद साम्यवादको पाठ गर्दै
महलमा बस्छन सर्वहारा नेताहरू

भित्र भित्रै गलाउने बिमारी फैलिदा
के हेर्दै छन सिध्दांत बोकेका लामाहरू

जुट हो क्रांतिकारी आपसमा नफुट 
भत्काउनै बाँकी छ सामन्ती किल्लाहरू।
।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here