साउदीमा ज्यान गुमाएका हरि बहादुरको परिवारलाई समता समाजको राहत

0
13

ईन्द्रमणि पाण्डे, बाग्लुङ ।

राष्ट्रिय जनमोर्चा निकट ऊत्पिडित ऊत्थान मोर्चा जातिय समता समाज बागलुङले बैदेशिक रोजगारको क्रममा ज्यान गुमाएका ढोरपाटन नगरपालिका ३ का हरि ब सुनारको परिवारलाई राहत रकम हस्तान्तरण गरेको छ।

जातिय समता समाजको अनुरोधमा मलेसियामा कार्यरत ढोरपाटन नगरपालिका ३ घोसा निबासी आईतराम बि क , भान बि क, ज्ञान ब बि क गोतामे र प्रेम सुनारको सहयोगमा जम्मा भएको नगद रु २५०५५।- मृतकको श्रीमती कमला सुनार र बुवा चन ब सुनारलाई शुक्रबार हस्तान्तरण गरिएको हो।

राहत रकम बुझ्दै मृतकको परिवारले सबैलाई धन्यवाद ब्यक्त गर्नुभएको थियोे । भने राहत बितरणमा जातिय समता समाज बागलुङका अध्यक्ष नर ब सुनार , राष्ट्रिय जनमोर्चाका कार्यकर्ता मित्रलाल पौडेल ज्ञान कुमारी बि क लगायतको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here