सांस्कृतिक कार्यक्रमसहित तमु ल्होसार मनाइँदै

0
173

बार्सिलोना/ गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा तमु समाज स्पेनले बार्सिलोनामा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरेको जनाएको छ । सधैझैं यस वर्षपनि विविध सांस्कृतिक कार्यक्रमसहित लोसार पर्व मनाइन लागिएको समाजका अध्यक्ष गौतम गुरुङ्गले जानकारी गराउनु भयो ।

कार्यक्रममा उपस्थितिको लागि स्पेनस्थित नेपाली संघ संस्थाहरुलाई निमन्त्रणा समेत गरिएको छ । कार्यक्रममा गुरुङ समुदायको संस्कृति झल्किने परम्परागत खानाको साथै गुरुङ भेषभूषा सहित साँस्कृतिक प्रस्तुती रहने जनाइएको छ ।

कार्यक्रम तमु ल्होसारको दिन (२९ डिसेम्बर) होस्ताफ्रान्क कासिनेट बार्सिलोनामा दिउसो ४ बजेदेखि साँझ १० :३० बजेसम्म्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here