सांसद टेकबहादुर घर्तीलाई आज रातमै देशको झण्डा ओढाएर श्रद्धान्जली

0
471

पोखरा । राष्ट्रिय जनमोर्चाबाट बाग्लुङ क्षेत्र न. २ ख बाट प्रदेश सभामा निवार्चित सांसद क. टेक बहादुर घर्तीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रदेश प्रमुख बाबुराम कुँवरद्वारा नेपालको झण्डा ओढाएर प्रदेश सभा कार्यालय पोखरामा श्रद्धाञ्जली दिइएको छ ।
श्रद्धान्जली दिंदै गण्डकी प्रदेशलाई ठुलो क्षती भएको र एक सच्चा देशभक्त नेता गुमाएकोमा मुख्यमन्त्री सुब्बाले दु:ख प्रकट गर्नु भयो ।

उक्त श्रद्धाञ्जली समारोहमा प्रदेश मामिला सभापति कृष्ण थापाले सांसद टेक बहादुर घर्तीको जिवनी बाचन गर्नु भएको थियो । भने सभामुख नेत्र चापागाईंले समेत श्रद्धाञ्जली प्रकट गर्नु भएको थियो ।

क. टेक बहादुर घर्तीलाई आझ बिहान सबेरै अन्तिम श्रद्धाञ्जली दिनको लागि उहाँको जन्म स्थान ढोरपाटन नगरपालिका ६ सईखोला लगिंदै छ । उक्त श्रद्धाञ्जली सभामा प्रदेश मामिला सभापति कृष्ण थापा, नेकपा (मसाल) का प्रबक्ता रामप्रकाश पुरी, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला अध्यक्ष अमर थापा लगायतका नेता कर्याकर्ताहरुको उपस्थिति रहने राष्ट्रिय जनमोर्चा बाग्लुङले जनाएको छ ।

साँसद का. टेक बहादुर घर्तीको पार्थीव शरीर नेपालमा प्रवेश गरे लगत्तै सुनौली बार्डरमा पुगी प्रतिनिधि सभाका सांसद दुर्गा पौडेल, ५ नं प्रदेश सांसद तारा जिसी र रूपन्देहीका नेता कार्यकर्ताहरुले श्रद्धान्जली प्रकट गर्नुभएको थियो । का. टेकबहादुर घर्तीको आफन्त जनहरुले समेत श्रद्धान्जली दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here