सहिद क.भुमिराजले देखाएको बाटोमा अगाडि बढौं– रेशम गिरि, पूर्व अध्यक्ष अखिल (छैठौं) बागलुङ ।

सहिद क. भुमिराज सापकोटा बागलुङ जिल्लाको प्रथम विद्यार्थी सहिद हुनुहुन्छ । २०४६ सालको सीमित प्रजातान्त्रिक अधिकार प्राप्तिपश्चात जनतामा आएका उत्साह र जनतालाई पूर्णरुपमा सार्वभौमसत्तासम्पन्न बनाउनु पर्छ भन्दै संविधानसभाको निर्वाचनको पक्षमा आवाज मात्र उठेको थिएन, नेपाली जनताको रगतमा होली खेलिरहेको पञ्च–घुसखोरी जनविरोधी अपराधी तत्वहरुलाई कारबाहीको श्रृङ्खला सचेत युवा विद्यार्थीहरु र राजनीतिक पार्टीको नेतृत्वमा अगाडि बढेको थियो । हाम्रो संगठन अखिल(छैठौं)ले पनि त्यसप्रकारको अभियान चलाएको थियो ।
त्यहि सिलसिलामा वुर्तिवाङमा २०४७ वैशाख ३० गतेको आन्दोलनमा होसगुम प्रहरीको गोलि लागि क. भुमिराज सापकोटा सहिद हुनुभयो । उहाँको रगतले सिन्चिएको बागलुङ अहिले पनि वामपन्थीहरुको आधारभुमी हो । हामिले सहिद क. भुमिराजले देखाएकोबाटोमा अगाडि बढ्दै देशको वर्तमान प्रतिक्रियावादी सत्तालाई खतम गरेर नयाँ जनवादी व्यवस्था स्थापना गर्नुपर्दछ । भुमिराज कमरेडप्रती सच्चा श्रद्धाञ्जली देश र जनताको सेवामा समर्पित भएर नै हुन्छ । ३० औं स्मृति दिवसमा सहिद क. भुमिराजप्रती भावपुर्ण श्रदाशुमन व्यक्त गर्दछु ।
आमूल परिवर्तन तथा शोषणरविहिन समाजको निम्ती आपूलाई समाहित गर्नु नै उहाँप्रतिको सच्चा सम्मान हुनेछ– नारायण सापकोटा, पूर्व अध्यक्ष, अखिल छैठौं बाग्लुङ

२०४६को राजनीतिक परिवर्तन पछि जनतामा राजनीतिक जागरण बढेर गएको थियो । पंचायती कालरात्रीमा जनतामाथी दमन गर्ने भ्रष्ट शासकङ तथा प्रशासकहरुलाई कारर्वाही गर्ने अभियान ंचाल भएको थियो भने अर्कोतिर संविधानसभाको पक्षमा आन्दोलन चल्दै थियो । सोही क्रममा बाग्लुङको बुर्तिबाङ क्षेत्रमा विद्यार्थी एवं जनतामाथि दमन गर्ने, झुटा मुद्धा लगाउने, घुस खाने फटाहहरुको संरक्षण गर्ने प्रहरी अधिकृतको विदाइको दिन उसलाई जनताको तर्फबाट साँकेतिक कार्वाही(कालो मोसो दल्ने) गर्ने क्रममा प्रहरीले गोली चलाउँदा भुमिराज सापकोटाले शाहदत प्राप्त गर्नु भएको थियो ।
अखिल छैठौं उत्तरगंगा माध्यामिक विद्यालयका इकाई सदस्य आदरणीय वीर सहिद भुमिराज सापकोटाप्रति हार्दिक श्रद्धासुमन । कलिलो उमेरमा पनि समाजको आमूल परिवर्तन, देश र जनताको पक्षमा सर्मपित हुने दृढ अठोट, जुझारु भावनाले भरीपूर्ण भुमिराज सापकोटा बाग्लुङ जिल्लाको विद्यार्थी आन्दोलनका प्रथम सहिद हुनुहुन्छ । उहाँले देखेको सपना, आमूल परिवर्तन तथा शोषणविहीन समाजको निम्ति लगातार संघर्ष अगाडि बढाउनु आजको हाम्रो मुख्य कर्तव्य हो । यही नै उहाँप्रीतको सच्चा सम्मान हुनेछ ।
उहाँले कोरेका बाटो र त्यो महान यात्रा कहिल्यै रोकिने छैन– राजेन्द्र ढुँगाना भुतपूर्व अध्यक्ष अखिल छैठौं बाग्लुङ

भुमिराज सापकोटा बिद्यार्थी तथा क्रान्तिकारी आन्दोलनका योद्धा थिए । वर्वर दमन र प्रतिक्रियावादी राज्य ब्यवस्थामा उन्मत्त मतियारहरुको अँखामै कसिङ्गर बनेका सापकोटा २०४६ सालको परिवर्तन पछि पनि स्वतन्त्रता र न्यायको पक्षमा लागिरहेका थिए । त्यो समयमा २०४७ बैशाख ३० गते बुर्तिबाङको आन्दोलनमा मण्डलेहरुको निर्देशनमा प्रहरी प्रशासनले चलाएको गोलि लागेर साहदात प्राप्ती गर्नु भयो ।
उहाँको सपना, आग्रशरता त्याग र वलिदान बागलुङबासीको लागि मात्र होइन सिंगो देशभरका शोषित पीडितवर्गको लागि मार्गदर्शन र प्रेरणाको श्रोत बनेको छ । हामीले उहाँको त्यो बिचार र आदर्शलाई कही धर्मराउन दिने छैनौं । उहाँले कोरेका बाटो र त्यो महान यात्रा कहिल्यै रोकिने छैन । आदरणीय सहिद सापकोटाप्रति हार्दिक श्रद्धासुमन टक्राउन चाहान्छु ।
भ्रष्टाचार, कमिसनतन्त्र, घूसखोरीको विरुद्ध भुमिराज सापकोटाले बुलल्द गरेका आवाजहरुलाई अझै चर्को स्वरमा उठाउनुपर्ने अहिलेको आवश्यकता बनेको छ– दुर्गा शर्मा, पूर्व अध्यक्ष अखिल छैठौं बाग्लुङ

तिस वर्षे पञ्चायति कालरात्रीको समयमा प्रशासनको आडमा गाउँ गाउँमा पन्च जाली पटाहाहरुले जनतालाई दुःख दिने, उनीहरुको ज्यादतीको विरुद्ध आवाज उठाउने व्यक्तिहरुलाई विभिन्न झुट्टा मुद्दा लगाउने जेल हाल्ने, विद्यालय भित्रै पसेर विद्यार्थीहरुलाई दमन गर्ने, उनीहरुलाई झुट्टा मु्द्दा लगाउँने गिरफ्तार गर्ने, हिरासता राख्ने जस्ता कार्यले आजित भएका जनता भित्रभित्रै उनीहरुको विरुद्ध संगठित हुँदै गैरहेको थिए ।
यही पृष्ठभुमिमा भएको २०४६ को राजनीतिक परिवर्तनले जनतामा थप उत्साह र जागरण पैदा गरेको थियो । यही सिलसिलामा बाग्लुङ जिल्लाका विभिन्न ठाउँहरुमा भ्रष्टाचारी, घुसखोरी जाली फटाहहरुलाई कार्वाह गर्ने अभियान चलेको थियो । विभिन्न ठाउँमा घुसखाएको रकम फिर्ता गराउने काम समेत भएको थियो । सोही अभियानमा सक्रियतापूर्वक अग्रमोर्चामा उभिने एक निडर जुझारु योद्धा हुनुहुन्थ्यो भुमिराज सापकोटा ।
यसै सिलसिलामा बुतिमाङ क्षेत्रमा जाली फटाहाहरुलाई कार्वाही गर्ने क्रममा बुर्तिवाङ प्रहरी चौकीमा कार्यरत भ्रष्ट्र, घुसखोरी, महिलामाथी अभद्र व्यावहार गर्ने, जनतालाई दुःख दिने एक प्रहरी अधिकृतको सरुवा भएर विदाइ हुने क्रममा भ्रष्ट्राचारीलाई फूलमाला होइन जुत्ताका मालाले विदाइ गर्नुपर्छ । जनताले कारर्वाही गरेर पठाउर्नुपर्छ भन्दै त्यस क्षेत्रका जनता र विद्यार्थीहरुको विशाल जुलुस सहित उसलाई कारर्वाही गर्ने क्रममा प्रहरीले गोली चलाउँदा भुमिराज सापकोटाले साहदत प्राप्त गर्नुभएको थियो ।
बाग्लुङ जिल्लाको पश्चिम भेग अधिकारीचौरमा जन्मिनुभएका सापकोटा जसले समाजमा भएको शोषण, दमन, अन्याय अत्याचार, भ्रष्टाचार, कमिसनतन्त्र, घूसखोरीको विरुद्ध बुलल्द गरेका आवाजहरुलाई अझै चर्को स्वरमा उठाउनुपर्ने अहिलेको आवश्यकता बनेको छ । तवमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । आदरणीरु वीर सहिद भुमिराज सापकोटाप्रति हार्दिक श्रद्धासुमन ।
सहिद भुमिराज सापकोटाले देखाएको बाटोमा अविचलित रुपमा लागिरहनु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हो– कृष्ण पौडेल, पूर्व अध्यक्ष अखिल(छैठौं) बागलुङ
बागलुङ जिल्लाको प्रथम विद्यार्थी सहिद क. भुमिराज सापकोटा जसले देखाएको बाटोमा अविचलित रुप

मा अगाडि बढ्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हो । सहिद क. भुमिराजले देश र जनताको पक्षमा जसरी आफू गोलि खान तयार हुनुभयो र सहिद हुनुभयो । वास्तवमा त्यो बाटो नै क्रान्तिप्रतिको सहि बाटो हो ।
उहाँको ३० स्मृति दिवसमा उहाँप्रती भावापुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले देखाएको बाटोमा निरन्तर लाग्ने प्रतिवद्वता व्यक्त गर्दै नयाँ पुस्ताहरुलाई पनि सहिद क. भुमिराजबाट सिक्न अनुरोध गर्दछु ।
सहिद क. भुमिराजले देखाएको बाटोमा अविचलित रुपमा हिड्ने प्रतिवद्वता व्यक्त गर्दछु- सागर कुँवर, पूर्व अध्यक्ष, अखिल(छैठौं), बागलुङ ।
२०४६ सालको सीमित प्रजातान्त्रिक अधिकार प्राप्तिपश्चात जनतामा आएका उत्साह र जनतालाई पूर्णरुपमा सार्वभौमसत्तासम्पन्न बनाउनु पर्छ भन्दै संविधानसभाको निर्वाचनको पक्षमा आवाज उठिरहेको थियो । त्यसका साथै, नेपाली जनताको रगतमा होली खेलिरहेको पञ्च–घुसखोरी जनविरोधी अपराधी तत्वहरुलाई कारबाहीको श्रृङ्खला स

चेत युवा विद्यार्थीहरु र राजनीतिक पार्टीको नेतृत्वमा अगाडि बढेको थियो ।
देशमा भर्खर बहुदलीय व्यवस्था शुरु भएको अवस्था, जहाँ पञ्चायतविरुद्धको गतिविधिमा संलग्न भएकालाई अनावश्यक मुद्दा लगाउने, दमन गर्ने, महिलामाथि अभद्र व्यवहार गर्ने तत्कालीन प्रहरी सहायक निरीक्षकका विरुद्ध निसीभुजी क्षेत्रमा अभिभावक तथा उत्तरगंगा उच्च माध्यमिक विद्यालयका अध्ययनरत विद्यार्थीहरुले नाराबाजी गर्दै जुलुस प्रदर्शन गरेका थिए । त्यसप्रकारको जनविरोधी तत्वहरुलाई कारवाही गर्ने काम बागलुङ जिल्लाको विभिन्न ठाउँहरुमा चलेको थियो । साथै गाउँ–गाउँमा राजा, कांग्रेस र वाममोर्चाको बीचमा भएको त्रिपक्षीय सम्झौताको विराध गर्दै सार्वभौमसत्ता जनतामा हस्तान्तरणको लागि संविधानसभाको निर्वाचनको नारा घन्किरहेको थियो ।
यही क्रममा २०४७ साल वैशाख ३० गते बुर्तिवाङ इलाका प्रहरी कार्यालयका इञ्चार्ज धर्मबहादुर गुरुङको विदाइको दिन थियो । जाली फटाहाहरु उसको विदाइको तयारी गरिरहेका थिए भने सचेत क्रान्तिकारी युवा विद्यार्थीहरु र न्यायप्रेमी जनसमुदाय भने पञ्चायतकालमा लगातार निर्दोष जनता र विद्यार्थीहरुलाई झुट्टा मुद्दामा फसाउने, यातना दिने, घुस खाने भ्रष्ट अपराधीलाई कारवाही गर्नुपर्छ भनेर सई गुरुङलाई कालोमोसो दलेर बजार परिक्रमा गराउने तयारीमा थिए । सोहीअनुसार अखिल (छैठौं) र स्थानीय जनताको अग्रसरतामा सई धर्मबहादुर गुरुङलाई कालोमोसो दलेर भ्रष्ट अपराधीलाई कारवाही गर, घुस खाएको पैसा फिर्ता दे भन्ने नारा लगाउँदै बजार परिक्रमा गरी चौकीनेर आइपुग्दा भ्रष्ट सईको होस गुम हुँदा अपराधी सईले गोली ठोक्न आदेश दियो । प्रहरीले अन्धाधुन्द गोली चलाउँदा २०४७ साल वैसाख ३० गते कमरेड भूमिराज सापकोटाको छातीमा गोली लाग्यो र घटनास्थलमा नै शहादत प्राप्त गर्नुभयो ।
देशमा सार्वभौमसत्ता जनतामा हस्तान्तरण हुनुपर्छ, भ्रष्ट घुसखोरी तत्वहरुलाई समाप्त गर्नुपर्छ, देशमा जनताको व्यवस्था स्थपना गर्नुपर्छ भनेर आफ्नो जीवन वलिदान गर्ने बागलुङ जिल्लाका प्रथम विद्यार्थी सहिद क. भुमिराज सापकोट प्रती उहाँको ३० औं स्मृति दिवसमा भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सहिद क. भुमिराजले देखाएको बाटोमा अविचलित रुपमा हिड्ने प्रतिवद्वता व्यक्त गर्दछु ।
मेरा हरेक काममा उहाँबाट प्रेरणा मिलेको छ –शिव चालिसे, पूर्व अध्यक्ष अखिल छैठौं बागलुङ

आज भुमिराजको स्मृति दिवस उहाँको अनुहार अस्ताएको दुई बर्ष पछि मेरो अनुहारको उदय भए पनि मैले हरेक समय हरेक काममा उहाँबाट प्रेरणा लिने गरेको छु । यो नै उहाँको सबैभन्दा ठुलो आर्जित सम्पत्ति हो । म श्री उत्तर गंगा माविमा विद्यार्थी हुदाँ देखि मैले उहालाई सम्झन थालेको हु । बैशाक ३० गते हरेक बर्ष स्कुलमा उहाँको सम्झनामा कार्यक्रम हुन्थ्यो तर सधैं बोलेर पनि अहिलेसम्म उहाँको शालिक बनाउने कार्य हुन सकिरहेको छैन् ।
उहाँको पछिल्लो समय केही बर्ष हामीले स्कुल बाहिर खुल्ला मैदानमा त कहिले हलमा गर्याै । अखिल छैठौं बागलुङको २३ औँ जिल्ला सम्मेलनबाट म अध्यक्ष भएपछि फेरी विद्यार्थीको बिचमा नै कार्यक्रम गरियो । उहाँ विद्यार्थीका एक राजनैनिक उर्जाका स्रोत हुनुहुन्छ । उहाँको शालिक विद्यालयमा विद्यालयले नौ बनाउन पर्ने हो । भन्ने कुरामा ओठोट लिदा लिदै अध्यक्ष बाट हटँे तर मेरो उहाँको शालिक बनाएर सम्मान गरिनुपर्छ भन्ने कुरा सधैं रहन्छ । उहाँले जसको लागि ज्यान दिनुभयो । जुन आदर्श र बिचारका लागि आफु सहिद हुनुभयो त्यो बाटो हामी विर्सन हुदैन । उहाँ पर्ति हार्दिक श्रद्धाञ्जली ।