सहकारी संस्था नाफामुखी नभइ सेवामुखी हुनुपर्छ– ढुंगाना

0
132

बागलुङ/ जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले सहकारीहरु नाफामुखी नभएर सेवामुखी हुनुपर्ने बताउनुभएको छ । उहाँले सहकारीहरुले मुख्यरुपले आफ्ना सदस्यहरुको हितलाई प्राथमिकतामा  राखेर काम गर्नुपर्ने बताउनु भयो । श्री नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था बढिघाटको सनिबार खर्वाङमा सम्पन्न १३औं बार्षिक साधारणसभालाई उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

कार्यक्रमको अध्यक्षता सहकारी संस्थाका अध्यक्ष होमनाथ अर्याल र संचालन सचिव एवं प्रवन्धक दुर्गादत्त अर्यालले गर्नुभएको थियो भने स्वागत संस्थाका उपाध्यक्ष एवं जिल्ला उपप्रमुख बिष्णु भुषालले गर्नुभएको थियो । कार्यक्रमा संस्थाका विशिष्ट शेयर सदस्य  एवं राम्रो काम गरेको भन्दै कर्मचारीहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

संस्थाले विशेषगरि महिलाहरुलाई सबल र सक्षम बनाउनुका साथै  स्थानीयरुपमा रोजगारीको सृजना गर्ने काम गरेको छ । साथै  शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here