सस्ता भाषणले मात्रै अब स्थायित्व पाइदैंन : सांसद थापा

0
317

बागलुङ । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सांसद कृष्ण थापाले प्रधानमन्त्री केपीमाथि कटाक्ष गर्दै सस्ता भाषण मात्रै गरेर अब स्थायित्व पाइराख्न नसकिने बताउनु भएको छ ।

राष्ट्रिय जनमोर्चा जैमिनी नगर समिति बागलुङले बुधबार जैमिनी नगरपालिका १ कुश्मिसेरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहमा मन्तव्यको क्रममा थापाले सो अभिव्यक्ति दिनुभएको हो ।

“जनताहरु धेरै बाठा भैसकेकाले अब कसैले पनि आश्वसनले मात्र टार्न खोज्नु मुर्खता बाहेक केही हुँदैन ।” थापाले अगाडि भन्नु भयो– “आफुले गरेका प्रतिबद्धता पुरा गर्न नसके जनतासामु जस्ताको तस्तै प्रस्तुत पर्दछ ।”

शुभकामना आदानप्रदान कार्यक्रममा, नेकपाका शोभा प्रसाद शर्मा, रुद्र आचार्य, राप्रपाका पुणेन्द्र सापकोटा, शुभेक्षा एफएमका प्रवन्धक सुजन प्रेमी लगाएतको समेत उपस्थिती रहेको थियो ।

राजमो जैमिनी नगर समिति अध्यक्ष डिल बहादुर श्रीषको अध्यक्षतामा सो शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here