सरकार

0
155

चुनेर नेता देश जिम्मा दिएकै छौं सरकार
लिनुपर्ने कर्तव्य सब लिएकै छौं सरकार

ठूला महल चिल्ला कुरा चाहिंदैन हामीलाई
झूपडीमा खुशीसाथ जिएकै छौं सरकार

मिनिरल पानीको आवश्यकता पर्दैन हामीलाई
धमिलै भएको पानी पिएकै छौं सरकार

कोही डाँडाको कुरा गर्दछन् कोही पाखाको
चिरिएको छाती पनि सिएकै छौं सरकार

पुरा हुनु पर्ने ति जनताका सपनाहरु
फलाममा पानी लागेभैं खिएकै छौं सरकार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here