सरकार मेडिकल माफियाको जालमा फस्यो : चित्र बहादुर केसी

0
1329
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं जनप्रिय नेता चित्र बहादुर केसीले केपी ओली नेतृत्वको वर्तमान सरकार मेडिकल माफियाहरुको जालमा फसिसकेको बताउनु भएको छ । सरकारले मेडिकल माफियाहरुको हित अनुकूल हुने गरी संसदमा चिकित्सा शिक्षा विधेयक अगाडि बढाउने तयारी गरिरहेको अवस्थाप्रति इङ्गित गर्दै अध्यक्ष केसीले सो कुरा बताउनु भएको हो । सरकारले मेडिकल माफियालाई पोस्ने खालको चिकित्सा शिक्षा विधेयक ल्याउन लागेको चाल पाएपछि प्रा.डा. गोविन्द केसीले जुम्ला पुगेर आफ्नो पन्ध्रौँ अनसन सुरु गरेको पनि साउन १ गतेसम्म १८ दिन बितिसेको छ । चिकित्सा क्षेत्रका समग्र विकृतिका विरुद्ध डा. केसीले १४ बुादे माग राख्दै जुम्लाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी राखेको अनसनप्रति पनि राजमो अध्यक्ष केसीले ऐक्यबद्धता जाहेर गर्नु भएको छ ।
         “डा. केसीको माग भनेको काठमाडौँमा मात्र होइन, सरकारले हुम्ला–जुम्लामा पनि मेडिकल कलेज खोल्नु पर्‍यो भन्ने हो । गरिबदु:खीका छोराछोरीले पनि स्वास्थ्य शिक्षा पढ्न पाउनु पर्छ भन्ने हो” राष्ट्रिय जनमोर्चा काठमाडौँ महानगरको प्रथम सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष केसीले भन्नु भयो– “डा. केसीका मागहरु जायज छन् । तर वर्तमान सरकार ती मागहरु सुन्न चाहदैन । सुनोस् पनि कसरी ? वर्तमान सरकार मेडिकल माफियाहरुको जालमा फसिकेको छ ।” सरकारले ल्याउन लागेको चिकित्सा शिक्षा विधेयक मेडिकल माफियाहरुको हित अनुकूलको रहेको दवाी अध्यक्ष केसीले गर्नु भयो । “स्वास्थ्य र शिक्षा सरकारको दायित्वभित्र पर्ने विषय हुन् । तर सरकारले ती संवेदनशील विषयहरुलाई पनि व्यापारको वस्तु बनाउँदै छ । सरकारले निजी क्षेत्रको नाममा केडिकल माफियाहरुलाई मेडिकल कलेज खोल्ने अनुमति दिने गरी चिकित्सा शिक्षा विधेयक ल्याउने तयारी गरेको छ” अध्यक्ष केसीले भन्नु भयो– “मेडिकल कलेज, त्यो पनित काठमाडौँमा मात्र जति नि खोल्न पाउने रे घ् के काठमाडौँ बाहिर जनता छैनन् ? के कर्णालीका जनतालाई स्वास्थ्य सेवा चाहिदैन ? त्यसो हुँदा डा. गोविन्द केसीले जुन माग राखेर अनसन बसिरहेका छन्, ती मागहरु जायज छन् र उनको आन्दोलनप्रति राष्ट्रिय जनमोर्चाले दृढ शब्दमा समर्थन गर्दछ । डा. केसीको अनसनको समर्थनमा चलिरहेका आन्दोनलहरुप्रति पनि राष्ट्रिय जनमोर्चाले ऐक्यबद्धता प्रकट गर्दछ ।” अध्यक्ष केसीले सम्बोधनको क्रममा सत्तासिन पार्टी मेडिकल माफियाहरुको कब्जामा रहेको दावी पनि गर्नु भयो । “मेडिकल माफियाहरु सत्तासिन पार्टीभित्रै छन् । आफ्नै आफन्त, नातापाता छन् मेडिकल माफिया । सरकार एक प्कारले मेडिकल माफियाहरुको कब्जामा छ । तिनको स्वार्थमा चोट पुर्‍याउन चाहदैन सरकार” उहााले भन्नु भयो– “चुनावमा जिताउने, सरकार चलाउने–गिराउने मेडिकल माफियाहरु त्यही पार्टीभित्र छन् । उनीहरुकै दबाबमा सरकारले माफियाहरुलाई पोस्ने खालको त्यस्तो विधेयक ल्याउन खोजेको प्रष्ट छ ।” सम्बोधनको क्रममा अध्यक्ष केसीले डा. केसीको जीवन रक्षाको प्रश्न यतिबेला गम्भीर बनेको भन्दै तुरुन्त वार्ता गरेर डा. केसीका मागहरुलाई पुरा गर्न सरकारलाई सुझाव पनि दिनु भयो ।
         सम्बोधनको क्रममा अध्यक्ष केसीले जनजिविकाका तात्कालिक विषयहरुमा सरकारको ध्यान जानु पर्ने बताउनु भयो । “जसले काठमाडौँको फोहर तह लगाउन सक्दैन, त्यसले मेट्रोरेलका कुरा गरेर हुन्छ ? काठमाडौँकै सडक हेर्नुस्, कस्तो विजोग छ ?” उहााको भनाइ थियो । नवगठित नेकपा वास्तविक कम्युनिस्ट पार्टी नरहेको स्पष्ट पार्दै अध्यक्ष केसीले राजनीतिलाई व्यापार नबनाउने पार्टी भनेको राष्ट्रिय जनमोर्चा मात्र रहेको दावी गर्नु भयो । “नाम त पैसा नभएको मान्छेले पनि धन बहादुर राख्न सक्छ । नाम राख्दैमा कोही कम्युनिस्ट पार्टी हुँदैन” उहााले भन्नु भयो– “संसदमा कति जनाको उपस्थिति छ ? पार्टीको हैसियत त्यसले निर्धारित गर्दैन । मुख्य कुरा नीति, सिद्धान्त र व्यवहार हो । नेपालमा राजनीतिलाई व्यापार नबनाउने पार्टी भनेको राष्ट्रिय जनमोर्चा मात्र हो ।” सम्बोधनको क्रममा अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चामा बसेर काम गर्न सजिलो नरहेको स्पष्ट पार्दै आफूलाई सजिलो हुने रणनीति देश र जनताको हितमा नहुने बताउनु भयो ।
        सङ्घीयता नेपाल जस्तो मुलुकका लागि उपयुक्त प्रणाली नभएको भन्दै अध्यक्ष केसीले सङ्घीयतालाई खारेज नगरिए देश आर्थिक रूपमा टाट पल्टिने खतरा औल्याउनु भयो । “देशमा अहिले आठ वटा सरकार छन् । अब तिनै तहका सरकार चल्नेवाला छैनन् । मुलुक आर्थिक रूपले टाट पल्टिने छ । प्रदेशको नामाकरणमै कति विवाद हुने हो ? अहिले जति चुरिफुरी गरे पनि आखिर यिनीहरु सबै राष्ट्रिय जनमोर्चाले भनेको बाटोमा नआई सुखै छैन ।” सम्बोधनको क्रममा अध्यक्ष केसीले भन्नु भयो– “राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै भनेको के हो भने यो प्रदेश सरकार र प्रदेश संसदको लफडा चाहिदै चाहिदैन । खालि स्थानीय तह र केन्द्रका बीचमा समन्वय गर्न प्रदेशहरुमा प्रशासनिक एकाइ भए पुग्छ । त्यो पनि धेरै होइन, जम्मा सात वटा प्रदेश भए हुन्छ भनेका थियौँ हामीले । आखिर आउन त यिनी सातै प्रदेशमा आए । अब हेर्दै जानुस्, यो सङ्घीय संरचना पनि खारेज गर्न बाध्य हुनेछन् यिनीहरु ।”
          राजमो काठमाडौँ महानगरको अध्यक्षमा रितु केसी निर्वाचित हुनु भएको छ । राजमो अध्यक्ष तथा जनप्रिय नेता चित्र बहादुर केसीले  काठमाडौँको प्रदर्शनी मार्गस्थित विश्व भाषा क्याम्पसको सभाहलमा २०७५ असार ३० गते उद्घाटन गर्नु भएको राजमो काठमाडौँ महानगरको प्रथम सम्मेलनले रितु केसीलाई अध्यक्षमा निर्वाचित गरेको हो । सम्मेलनले रितु केसीको अध्यक्षतामा १५ पूर्ण र २ वैकल्पिक गरी १७ सदस्यीय समिति गठन गरेको छ । गठित समितिमा उपाध्यक्ष यमलाल खनाल, सचिव चुडामणि भुसाल र कोषाध्यक्ष नवीन केसी रहनु भएको छ । चार जना पदाधिकारी र लक्ष्मणदेव पाण्डे सो समितिको सचिवालय सदस्य चयन हुनु भएको छ । समितिको पूर्ण सदस्यहरुमा भोला ढकाल, नारायण आचार्य, राम शरण केसी, विकास भुसाल, कल्याणी श्रेष्ठ, टेकहरि शर्मा, एकता थापा, वीरेन्द्र महर्जन, एक प्रसाद शर्मा र दानबहादुर खड्का रहनु भएको छ । निर्वाचित समितिको वैकिल्पक सदस्यमा अञ्जु श्रेष्ठ रहनु भएको छ । वैकल्पिक सदस्यको एक स्थान रिक्त राखिएको छ ।
          “राष्ट्रियताको रक्षा गरौं, सङ्घीयताको खारेज गरौं” भन्ने मूल नाराका साथ आयोजित उक्त सम्मेलन उद्घाटन समारोहको अध्यक्षता रितु केसीले र सञ्चालन लक्ष्मण देव पाण्डेले गर्नु भएको थियो भने स्वागत मन्तव्य चुडामणि भुसालले राख्नु भएको थियो । सम्मेलन सफलताको शुभकामना दिने अन्य अतिथिहरुमा राष्ट्रिय जनमोर्चा बागमती क्षेत्रीय समितिका सदस्य आनन्द शर्मा, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिव तथा राजमो काठमाडौँ जिल्ला सम्मेलन आयोजक समितिका संयोजक समिर सिंह, अखिल नेपाल कानुन व्यवसायी सङ्घका महासचिव अधिवक्ता राम प्रसाद भुसाल, अखिल नेपाल किसान सङ्घका केन्द्रीय कोषाध्यक्ष एवं कार्यालय सचिव बी.बी. विष्ट, अखिल नेपाल युवक सङ्घकका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशमा राजमोकी समानुपातिक सांसद पियारी थापा, अखिल (छैठौं) का काठमाडौँ जिल्ला अध्यक्ष निश्चल क्षेत्री, अखिल नेपाल महिला सङ्घकी काठमाडौँ जिल्ला अध्यक्ष कमला पौडेल, अखिल नेपाल युवक सङ्घ काठमाडौँका अध्यक्ष भक्त विक, अखिल नेपाल ट्ेरड युनियन महासङ्घ (अन्टुक) काठमाडौँका अध्यक्ष धर्म सिमाली र प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष नारायण शर्मा रहनु भएको थियो । त्यस्तै, राजमो कागेश्वरी–मनोहरा नगर समितिका अध्यक्ष राजेन्द्र पुडासैनी, बुढानिलकण्ठ नगर समितिका अध्यक्ष छवि खनाल, टोखा नगर समितिकी अध्यक्ष अजिता ढकाल, नागार्जुन नगर समितिका अध्यक्ष के.बी. घले लगायतले समेत सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । सम्मेलनको उद्घाटन समारोहमा राजमोका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला अध्यक्ष लाल बहादुर थापा, अखिल नेपाल कानुन व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष पदम रोका, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निम बहादुर बुढा, दक्षिण कोरिया नेपाली एकता समाजका सल्लाहकार विष्णु पुन, मलेसिया नेपाली एकता समाजका शङ्कर विक, अखिल नेपाल युवक सङ्घ काठमाडौँ महानगरका अध्यक्ष भीम भट्टराई, रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय वैकिल्पक सदस्य हेमराज पुन, काठमाडौँ महानगरका अध्यक्ष विष्णु शर्माको समेत आतिथ्यता रहेको थियो । सम्मेलन उद्घाटन समारोहमा रक्तिमकी केन्द्रीय सदस्य गीता थापा र काठमाडौँ महानगरका अध्यक्ष विष्णु शर्माले आकर्षक नृत्यहरु समेत प्रस्तुत गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here