सरकारी अस्पताल को यो गति

0
163

-खिमराज चालिसे, चंडीगढ़

कस्तो लाचार मान्छे हामी भयौ।
वेवस वेसहारा मान्छे हामी भयौ।।
प्रतिक्षा नै प्रतिक्षामा वस्नु वाध्य
उपचार गर्नै वाध्यताको वाध्य।।

लाइनै लाइनमा कुर्नू पर्ने हामी।
भोकै प्यासै उभिनु पर्ने हामी ।।
पालो कुर्नै पर्ने प्रतिक्षा गर्नै पर्नै ।
कम्मर दुख्न जनि उभिनै पर्नै।।

जहा भन्छ त्यहा वस्नु पर्ने कस्तो।
धुलोखादै भोकै वस्नै पर्नै कस्तो।।
अनुशासन नि कस्तो होला यस्तो।
वैल्दै नवोली वस्नु पर्ने पो यस्तो।।

थोरै विरोध गरे तर झनै परे पछि ।
गला सुक्यो, कम्मर दुख्यो कति।।
नवोल्न भो नदर्द सुन्ने कस्तो गति।
सरकारी अस्पतालको यो गति।।

कसैलाइ विचारैले जीत्नै पर्ने ।
जसरी पनि नाम दर्ज गर्नु पर्ने।।
आखां तिरमिराउछ उभिदै गर्दा।
कसैलाइ के भन्नुयो विपद पर्दा।।

पानि छैन प्यासमा हवानी चल्दैन।
गर्मी उकस मुकस छ कुरै सुन्दैन।।
आखा तिरमिराउछ जिउ काप्छ।
नम्बर आउछ भनी कान थाप्छ।।

धेरै नाम धेरैको पालो गइसक्यो ।
मेरो त नामै छैन अवेर भै सक्यो।।
डॉक्टर सावलाइ त गुहार्दै थाक्छु।
कम्पाउंडरला भिखै मागेझै माग्छु।।

मानौ त्यहा अन्धाहरुको समुह छ ।
मानै यहा वहिराहरुको जमात छ ।।
प्यार दया,माया हराएछ छ कुन्नी।
मानवता कता हराएछ खै कुन्नी ।।

निराशलाग्दो सरकारी हस्पीटल।
व्यवस्था हुदै नभयको हस्पीटल।।
जीवन यस्तै यस्तै समस्यामा .छ ।
तर पनि खुसि छु भन्न परेको छ ।।

दुख पिडा भुल्दै छु तर पनि सोच्छु।
विमारी नै नभयको त्यो सपना सोच्छू।।
तर विवश सपना त सपना नै रहेछ।
आधा जीवन सोच्दा सोच्दै गयछ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here