सरकारबाट जनताले राहत पाएनन् : शर्मा

0
197

बुटवल । राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले २७ वर्षमा २८ वटा सरकार बने पनि जनताले राहत पाउन नसकेको बताउनु भएको छ । नेपाली जनताले महङ्गी, भ्रष्टाचार र असमानताबाट मुक्ति पाउन नसकेको पनि उहा“ले बताउनु भयो ।

राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यक्रम अनुसार २०७५ साउन १५ बुटवलको बेलवासमा आयोजित प्रचार सभामा बोल्दै महासचिवव शर्माले अहिलेसम्मका कुनै पनि सरकारले जनताको पक्षमा काम गर्न नसकेको दावी गर्नु भयो । उहा“ले देशमा कम्युनिस्ट नामको सरकार भए पनि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरु ओझेलमा परेको बताउनु भयो । सरकारले जनतासँग गरेको वाचा र प्रतिबद्वता अनुसार काम गर्न नसकेको उहा“को ठोकुवा थियो ।

देशलाई समाजवादतर्फ लैजाने गरी नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्वता जनाएपछि राष्ट्रिय जनमोर्चाले अहिलेको सरकारलाई समर्थन गरेको उल्लेख गर्दै पूर्व प्रतिबद्वता अनुसार सरकारले काम नगरेको आरोप पनि उहा“ले लगाउनु भयो । कम्युनिस्ट सरकारको नाममा ओली सरकारले राष्ट्रिय गौरवको आयोजना अरुण तेश्रो भारतसँग सम्झौता गरेर राष्ट्रघाती काम गरेको बताउनु भयो । उनले नेपाली जनताको चाहना विपरीत जबर्जस्ती भित्राइएको सङ्घीयतालाई देशले धान्न नसक्ने दावी गर्नु भयो । सङ्घीयताले राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षतालाई धरापमा पारेको दावी गर्दै उहा“ले सङ्घीयताले संविधान कार्यान्यवन हुन नदिने बताउनु भयो ।

कार्यक्रममा प्रदेस सभा सांसद तारा जिसीले महङ्गी, भ्रष्टाचार, महिला हिंसा जस्ता कार्यले समाजमा जरा गाडेको बताउ“दै यसको निराकरणका लागि खबरदारी गर्नु पर्ने बताउनु भयो । राजमो रुपन्देही अध्यक्ष बद्रे आलमले रोजगारीका अवसरहरु सिर्जना गर्नेतर्फ सरकार उदासिन देखिएको दावी गर्नु भयो । कार्यक्रममा रुपन्देही सचिव दीपक पौडेल, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढुण्डीराज पौडेल, राजमो नेता गणेश गौतम र केपी पोखरेल लगायतले पनि मन्तव्य राख्नु भएको थियो । तुल्सीराम शर्माको अध्यक्षता तथा टान बहादुर केसीको सञ्चालनमा भएको उक्त कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । – श्यामलाल पोखरेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here