सयुक्त भेला तथा बनभाेज कार्यक्रम सम्पन्न

0
132

तिलक थापा, बाग्लुङ । राष्ट्रिय जनमोर्चा निकट जनबर्गिय संगठनहरुको बाग्लुङ नगरसमितिहरुको  सयुक्त भेला तथा बनभाेज कार्यक्रम सनिबार  बलेवा एयरपोर्टमा सम्पन्न भएकाे छ ।

कार्यक्रमकाे प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका नेता तथा गण्डकी प्रदेश मामिला सभापति माननीय कृष्ण थापा, अतिथि राष्ट्रिय जनमाेर्चाका परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पुर्व अध्यक्ष तिलक थापा, अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्काेटा लगायतले मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका उपाध्यक्ष धर्म कुँवर, राष्ट्रिय जनमाेर्चा बागलुङका सदस्य लाेकनाथ शर्मा, थानेश्वर सुवेदी, याेगेन्दराज पाैडेल, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य ईन्दिरा शर्मा, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य बिष्णु अधिकारी, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सचिव कृष्ण आचार्य, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ बागलुङका टेक बहादुर क्षेत्री, राष्ट्रिय जनमाेर्चा पर्वतका सचिव बालकृष्ण शर्मा, राष्ट्रिय जनमाेर्चा बा.न.पा. १२ का अध्यक्ष घनश्याम बि.क., राष्ट्रिय जनमाेर्चा बा.न.पा. १३ का अध्यक्ष भैर बहादुर राेका, राष्ट्रिय जनमाेर्चा बा.न.पा. १४ का अध्यक्ष राम बहादुर खड्का लगायतको आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रम अखिल नेपाल किसान संघ बागलुङका जिल्ला सदस्य ढुण्डीराज पाैडेलकाे अध्यक्षता, प्रगतिशील पत्रकार संघका के.स. तारा प्रसाद शर्माकाे सञ्चालन र बनभाेज व्यवस्थापन समितिका संयाेजक सञ्जाल शर्माकाे स्वागत मन्तव्यमा सम्पन्न भएकाे थियोे । कार्यक्रममा विभिन्न जनबर्गिय संगठनहरुकाे छुट्टाछुट्टै भेलाहरु पनि सम्पन्न भएका छन ।

भेलाले बिमा कुमारी जोल्मीको अध्यक्षतामा ११ पुर्ण ४ सल्लाहकार सहित १३ सदस्यीय अखिल छैटौंको नगर समिती,  ईश्वरी शर्माको अध्यक्षमा ९ सदस्यीय अखिल नेपाल शिक्षक संघ नगर समिति, शिल्पा कार्किको अध्यक्षतामा ७ सदस्यीय रक्तिम साँस्कृतिक अभियान नगर समिति, घनश्याम बिकको अध्यक्षतामा ९ सदस्यीय जातीय समता समाज नगर समिति र ढुन्डिराज शर्माको अध्यक्षतामा ९ सदस्यीय अखिल नेपाल किसान महासंघ नगर समिति गठन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here